हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

एनएसटीलाई अझ बढी पारदर्शी र समुदाय प्रति जवाफदेही बनाउँछौं ः रामकृष्ण यादव, कोषाध्यक्ष पदका उम्मेदवार

Reporterclub America by Reporterclub America
December 6, 2023
in अमेरिका विशेष, गृहपृष्ठ, सबै समाचार
एनएसटीलाई अझ बढी पारदर्शी र समुदाय प्रति जवाफदेही बनाउँछौं ः रामकृष्ण यादव, कोषाध्यक्ष पदका उम्मेदवार

रिपोर्टस क्लब अमेरिका ः रामकृष्ष्ण यादब जी, रिपोटर्स क्लब अमेरिकाको साक्षात्कार कार्यक्रममा स्वागत छ ।
रामकृष्ण यादब ः तपाई अनि तपाईको लोकप्रिय अनलाईन पत्रिका रिपोर्टस क्लब अमेरिकालाई धन्यवाद दिन चाहान्छु ।
रिपोर्टस क्लब अमेरिका ः तपाई नेपाली समाज टेक्सासको आसन्न निर्बाचनमा कोषाध्यक्ष पदको उम्मेदवार हुनु हुन्छ । तपाई आम मतदाता तथा नेपाली समुदायलाई आफ्नो परिचय कसरी दिनु हुन्छ ?
रामकृष्ण यादब ः म बिगत १० बर्ष देखि नेपाली समुदाय तथा आम मतदाताका बीचमा रहेको छु । कतिपय नयाँ मतदाता सदस्यहरुलाई मेरो परिचय दिनु पर्ने हुन सक्छ । मेरो नाम रामकृष्ण यादव हो । पेशाले म सिभिल ईन्जिनियर हुँ । नेपालमा मेरो घर रौतहट जिल्लाको देवाहीगोनाही नगरपालिकामा पर्दछ । म सन २०१३ मा अमेरिका आएको हुँ । म टेक्सासको अर्लिङटनको भेरिडियनमा बस्छु । म अमेरिकाको फेडरल सरकार अन्तरगत एभियसन डिपार्टमेन्टमा सिभिल ईन्जिनियर पदमा काम गरिरहेको छु । मेरो व्यापार ब्यवसाय पनि छ । म अमेरिका आए देखि नै नेपाली समाज टेक्साससँग आबद्ध भएको हुँ । नेपाली समाज टेक्सासले आयोजना गर्ने हरेक कार्यक्रममा अग्रपँक्तिमा रहेर सामाजिक सेवामा सँलग्न रहँदै आएको छु । पेशाले ईन्जिनियर भएका नाताले नेपाली समुदायलाई आबश्यक परेको बेला प्राबिधिक रुपमा सहयोग गर्ने, भौतिक रुपमा आफै उपस्थित भएर सहयोग गर्ने, नेपाली समुदायलाई मर्दा पर्दा सहयोग गर्ने, जस्ता काममा प्रत्यक्ष रुपमा सँलग्न रहँदै आएको छु । म नेपाली समुदायमा मर्दा पर्दाको समयमा सहयोग गर्दै आएको छु । केही महिना अघि सवारी दुर्घटनामा निधन भएका मधेशीमूलका एक जना ब्यक्तिको शब व्यवस्थापन (फिनरल) गराउने कार्यमा नेपाली समाज टेक्साससँग सहकार्य गरेर सहयोग गर्नुका साथै केही महिना ड्यालस फोर्टवर्थ क्षेत्रबाट हराएका काठमाण्डौंका एक जना यक्तिको खोजी कार्यमा बिजय भुसाल जी दुबै मिलेर सहयोग गरेको कुरा समुदायलाई जानकारी नै छ । त्यसैगरि नेपाली समुदायले आयोजना गर्ने दशैं तिहार, छठ पर्बमा पनि सकृयतापूर्बक सहयोग र स्वयँसेवा गरेको छु । साथै लाईन्स क्लब लगायत बिभिन्न सामाजिक सँस्थामा पनि आबद्ध रहेर सामाजिक क्षेत्रमा सकृयतापूर्बक लागि रहेको छु । म सँस्थालाई हाम्रो मात्र होईन राम्रो पनि बनाउनु पर्दछ भन्ने सोचका साथ पहिलो पटक नेपाली समाज टेक्सासको पदाधिकारी तहमा उम्मेदवार बन्ने निर्णय गरेको हुँ ।
रिपोर्टस क्लब अमेरिका ः नेपाली समाज टेक्सासका सबै पदाधिकारी सदस्यहरु पूर्णकालिन स्वयँसेवक हुन । तपाई सरकारी जागीर गर्ने ब्यक्ति कसरी समय दिन सक्नु हुन्छ ?
रामकृष्ण यादब ः म पदमा नरहँदा पनि समुदायको लागि पर्याप्त समय दिदै आएको कुरा समुदायलाई जानकारी भएको कुरो हो । अर्को कुरा समय व्यस्थापन गर्ने बिषय हो । अमेरिकामा सबै ब्यक्तिहरु बाँच्नको लागि पेशा व्यवसाय गर्नै पर्दछ । त्यसबाट समय व्यवस्थापन गरेर समुदायलाई छुट्याउने हो । म बिगतमा हरेक हप्ताको शनिबार, आईतबार नेपाली मन्दिरमा र आबश्यक परेको बेला उपलब्ध हुँदै आएको थिएँ । भने आगामी दिनमा अझ बढी प्रभावकारी रुपमा समय व्यवस्थापन गरेर समुदायको सेवा गर्न सक्छु जस्तो लाग्छ ।
रिपोर्टस क्लब अमेरिका ःतपाईले कोषाध्यक्ष पद नै किन रोज्नु भयो ?
रामकृष्ण यादब ः समाजलाई गतिशील बनाउन योजना बनाउनु पर्दछ । योजना कार्यान्वयन गर्न आर्थिक श्रोत आबश्यक पर्दछ । टेक्सासमा रहेका नेपाली समुदायले नेपाली समाज टेक्सासलाई यहाँ सम्म पुर्याउनका लागि आफ्नो खर्च कटौती गरेर आर्थिक सहयोग गर्दै आएका छन । नेपाली समुदायका हरेक सदस्यले आफुले दिएको योगदान सहयोग केमा कसरी खर्च भयो भनेर जान्न पाउनु पर्दछ । त्यसको लागि ब्यवस्थापन सीपको आबश्यकता पर्दछ । मसँग सँस्थालाई आर्थिक रुपमा दिगो र सक्षम बनाउने योजना तथा व्यवस्थापन गर्ने सीप भएकाले कोषाध्यक्ष पदमा केही राम्राृे अभ्यास शुरु गर्न सकिन्छ । सँस्थालाई पारदर्शी र समुदाय प्रति अझ बढी जवाफदेही बनाउन सकिन्छ भनेर कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ । मैले बिगतमा कुनैपनि पदमा नरहेर सँस्थामा स्वयंसेवा गरें भने अव सँस्थामा जिम्मेवारी लिएर सेवा गर्ने ईच्छा भएकाले पनि उम्मेदवारी दिनुको अर्को कारण हो ।
रिपोर्टस क्लब अमेरिका ः निर्बाचनको मिति नजिकिदै छ । तयारी कसरी अगाडी बढाउदै हुनु हुन्छ ?
रामकृष्ण यादब ः निर्बाचन भनेपछि आबश्यक तयारी गर्नु नै पर्दछ । नेपाली समाज टेक्सासमा मतदाता सदस्यहरु धेरै नयाँ पनि थपिएका छन । म धेरै मतदाता सदस्यहरुका बीचमा परिचित नै छु । हामीले ब्यक्तिगत तथा राजेन्द्र वाग्ले टीमको तर्फबाट भेटघाट, घरदैलो, फोन मार्फत मत माग्ने, परिचय नबिकरण गर्ने, आफ्ना प्रतिबद्धताहरु व्यक्त गर्ने काम गरिरहेका छौं ।
रिपोर्टस क्लब अमेरिका ः मतदाता सदस्यहरुका बीचमा जाँदा कस्तो प्रतिकृया पाउनु भयो ?
रामकृष्ण यादब ः मतदाता सदस्यहरुमा हाम्रो टीम प्रतिको उत्साह राम्रो देखिएको छ । हामीले निर्माण गरेको दक्ष अनुभवी टीमको पक्षमा माहोल बन्दै गएको छ । हाम्रो भन्दा पनि राम्रो मान्छे नेतृत्वको पक्षमा आउनु पर्दछ भन्ने पक्षमा जनमत रहेको छ । आम मतदाताहरु समुदायमा राजनीति गर्ने होईन राम्रो काम गर्ने व्यक्तिको खोजीमा छन । त्यसको लागि सक्षम टीम हामीले निर्माण गरेका छौं । हामी र हाम्रो टीमले बिगतमा गरेका कामहरु घाम जस्तै छर्लङ्ग छन । हामीले हाम्रा आगामी योजना पनि मतदातालाई बताएका छौं ।
रिपोर्टस क्लब अमेरिका ः तपाई कोषाध्यक्ष पदको उम्मेदवार हुनु हुन्छ । तपाई निर्बाचित भएपछि सँस्थामा के कुरामा परिबर्तन आउँछ ?
रामकृष्ष्ण यादब ः सामाजिक सँस्थामा काम र्ने भनेको समूह कार्य (टीम वर्क) हो । सामाजिक सँस्थामा कतिपय कामहरु समूह कार्य हुन्छन भने कतिपय कामहरु पदिय जिम्मेवारीमा आधारित हुन्छन । हामीले नेपाली समाज टेक्सासलाई नेपाली समुदायको उत्कृष्ट सँस्था बनाउने कुरामा सामुहिक रुपमा काम गछौं भने आर्थिक सँग सम्बन्धित कुरा मेरो पदसँग सम्बन्धित कुरा हो । म कोषाध्यक्ष पदमा निर्बाचित भएपछि सँस्थामा योजना बनाएर कोष बृद्धिमा पहिलो जोड रहन्छ । त्यसपछि सँस्थाका हरेक आर्थिक हिसावकिताबको राम्रो डकुमेन्टेशन गरेर पारदर्शी बनाउने, सँस्थामा मासिक खर्च विवरण सार्बजनिक गर्ने, हरेक सदस्यले सँस्थाको आम्दानी खर्च विवरण जानकारी लिन पाउने मेकानिजम बनाउने लगायतका क्षेत्रमा मेरा योजनाहरु रहेका छन ।
रिपोर्टस क्लब अमेरिका ः तपाई र तपाईको पक्षमा निर्बाचनको परिणाम आउछ भन्ने कुरामा कत्तिको ढुक्क हुनु हुन्छ ?
रामकृष्ष्ण यादब ः हरेक निर्बाचन लड्ने उम्मेदवारहरु निर्बाचनको परिणाम आफ्नो पक्षमा आउने कुरामा आशाबादी नै हुन्छन । म र हाम्रो टीम निर्बाचनको परिणाम आफ्नो पक्षमा आउने कुरामा शतप्रतिशत आशावादी छौं । निर्बाचनको परिणाम हाम्रो पक्षमा नआउने कुनै कारण नै छैन । हामी कुनै पदमा रहँदा पनि नरहँदा पनि समुदायसँगै छौं । समुदायको लागि काम गरेका छौं । हामीसँग योजना छन । व्यवस्थापन गर्ने सीप छ । काम गर्ने ईच्छा शक्ति छ । त्यसैले हामी ढुक्क छौं ।
रिपोर्टस क्लब अमेरिका ः अन्तमा आम मतदाता सदस्यहरुलाई के भन्न चाहानु हुन्छ ः?
रामकृष्ष्ण यादब ः नेपाली समाज टेक्सास नेपाली समुदायको अभिभावक तथा नेतृत्वदायी सँस्था हो । आशा भरोसाको केन्द्र हो । यो सँस्थालाई राजनीति वा अन्य कुनै कारणबाट बिभाजन होईन जोड्नु पर्दछ । अझ बढी एकताबद्ध र बलियो बनाउनु पर्दछ । सँस्था हाम्रो मात्र भएर पुग्दैन राम्रो पनि बनाउनु पर्दछ । त्यसका लागि बिभिन्न पेशा ब्यवसायसँग सम्बन्धित अनुभवी र दक्ष टीमले मात्र नेपाली समाजलाई बलियो बनाउन सक्दछ । त्यो काम राजेन्द्र वाग्लेले नेतृत्व गरेको टीमसँग छ । त्यसैले म सहित राजेन्द्र वाग्लेले नेतृत्व गरेको सम्पूर्ण टीमलाई बिजयी गराउन हुन आम मतदाताहरुसँग अनुरोध गर्न चाहान्छु ।

Share649SendTweet406

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
एनएसटीलाई अझ बढी पारदर्शी र समुदाय प्रति जवाफदेही बनाउँछौं ः रामकृष्ण यादव, कोषाध्यक्ष पदका उम्मेदवार

एनएसटीलाई अझ बढी पारदर्शी र समुदाय प्रति जवाफदेही बनाउँछौं ः रामकृष्ण यादव, कोषाध्यक्ष पदका उम्मेदवार

Comments 1

  1. Rajendra Kunwar says:
    3 years ago

    Ram Krishna Yadav, one of the most needed members of our Nepalese community in Dallas. NST’s success will certainly be brought by his dedication, education, and dynamic personality. The help he is providing to the community is not confined to one organization. He is, however, involved in a number of reputable organizations, including Lions Clubs International. I wish you the best of luck Lion Ram Krishna Yadav ji.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।