हाम्रो बारेमा
Tuesday, August 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

समुदायलाई नेता होईन, सेवा चाहिएको छ ः रविन पाठक, एनएसटी उपाध्यक्ष पदका उम्मेदवार

Reporterclub America by Reporterclub America
December 12, 2023
in अमेरिका विशेष, सबै समाचार, समाचार
समुदायलाई नेता होईन, सेवा चाहिएको छ ः रविन पाठक, एनएसटी उपाध्यक्ष पदका उम्मेदवार

रविन पाठक, ड्यालस फोर्टवर्थ क्षेत्रका युवा समाजसेवी हुन । ड्यालस काउन्टी अस्पताल (पार्कल्याण्ड अस्पताल) मा बरिष्ठ मानवश्रोत बिकास निर्देशक पदमा कार्यरत पाठक स्वास्थ्य बिमा नभएका, न्यून आय भएका समुदायलाई निःशुल्क र सहुलियतमा स्वास्थ्य उपचार गराउने कार्यक्रममा सहयोग र सहजिकरण गर्दै आउनु भएको छ । नेपाली समाज टेक्सासको बर्तमान कार्य समितिका कार्य समिति सदस्य रहेका पाठकको स्वास्थ्यमा मानव श्रोत बिषयमा बिद्याबारिधि गर्दै हुनु हुन्छ । समुदायका रहेक गतिबिधिमा अग्रभागमा रहेर सेवा गर्दै आउनु भएका पाठक नेपाली समाज टेक्सासको नयाँ नेतृत्वको लागि डिसेम्बर १६ तारेखमा हुन गईरहेको निर्बाचनमा राजेन्द्र वाग्ले टीमबाट उपाध्यक्ष पदमा उम्मेदारी दिनु भएको छ । हामीले उपाध्यक्ष पदका उम्मेदवार पाठकसँग निर्बाचनको सेरोफेरोमा केन्द्रीत रहेर साक्षात्कार गरेका छौं । प्रस्तुत छ, पाठकसँग गरिएको कुराकानी

रिपोर्टस क्लब अमेरिका ः रविन पाठक जी रिपोर्टस क्लबको साक्षात्कार कार्यक्रममा स्वागत छ ।
रबिन पाठक ः तपाई अनि तपाईको लोकप्रिय अनलाईन रिपोर्टस क्लब अमेरिकालार्ए धेरै धेरै धन्यवाद छ ।
रिपोर्टस क्लब अमेरिका ः नेपाली समाज टेक्सासको नयाँ नेतृत्वको लागि यही डिसेम्बर महिनाको १६ मा निर्बाचन हुँदैछ । चुनाव कत्तिको लागेको छ ?
रबिन पाठक ः तपाईहरुलाई अवगत भएको कुरो हो । म नेपाली समाज टेक्सासको नयाँ नेतृत्व चयनको लायि डिसेम्बर १६ मा निर्बाचन हुँदैछ । म राजेन्द्र वाग्ले टीमबाट उपाध्यक्ष पदमा उम्मेदार बनेको छु । निर्बाचन भनेपछि तयारी र दौडधुप गर्ने पर्छ । मतदातासँग भेटघाट, अन्तरकृया छलफल गर्ने आफ्ना प्रतिबद्धताहरु, एजेन्डाहरु बताउने काम भईरहेको छ ।
रिपोर्टस क्लब अमेरिका ः तपाई उपाध्यक्ष पदको उम्मेदवार हुनु हुन्छ । आम मतदाताहरुका बिचमा आफुलाई कसरी चिनाउन चाहानु हुन्छ ?
रबिन पाठक ः म समुदायसँगै छु । नेपाली समुदायका हरेक गतिबिधिहरुमा अग्रभागमा रहेर सेवा गर्दै आएको छु । नेपाली समाज टेक्सासको बर्तमान कार्य समितिको सदस्यको जिम्मेवारीमा रहेर सेवा गरिसकेको छु । नेपाली समाज टेक्सासमा थपिएका कतिपय नयाँ सदस्यहरुका बीचमा मैले परिचय दिनु पर्ने हुन सक्छ । मेरो घर काठमाण्डौंमा हो भने बिगत १० बर्ष देखि ड्यालस फोर्टवर्थ क्षेत्रको ग्रान्डप्रेरीमा बस्दै आएको छ । म पेशाले ड्यालस काउन्टी अस्पतालमा मानव श्रोत कार्यक्रम निर्देशकको रुपमा काम गर्छु । म काम गर्ने अस्पतालमा आउने स्वास्थ्य बिमा नभएका र न्यून आय भएकाहरुलाई निःशुल्क र सहुलियत स्वास्थ्य उपचार गराउने काममा सहयोग र सहजिकरण गर्दै आएको छु । मैले त्भहबक ध्यmभल ग्लष्खभचकष्तथ बाट स्वास्थ्यमा मानव श्रोत बिषयमा बिधाबारिधि पुरा गर्दै छु । मैले हाल सम्म सिकेको ज्ञान सीपलाई समुदायको हितमा प्रयोग गर्ने ईच्छा भएकाले नेपाली समाज टेक्सासको नयाँ नेतृत्व चयनका लागि यही डिसेम्बर १६ मा हुन गईरहेको निर्बाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु ।
रिपोर्टस क्लब अमेरिका ः तपाईका चुनावी एजेण्डाहरु केके रहेका छन । र समुदायको प्रतिकृया कस्तो पाउनु भएको छ ?
रबिन पाठक ः हरेक निर्बाचनमा उम्मेदवारहरुले आफ्ना प्रतिबद्धताहरु व्यक्त गरेका हुन्छन । म पनि नेपाली समाज टेक्सासको नयाँ नेतृत्वको लागि हुन गईरहेको निर्बाचनमा उपाध्यक्ष पदको उम्मेदवार भएकाले मेरा पनि प्रतिबद्धताहरु रहेका छन । मेरा प्रतिबद्धताहरु सामाजिक सेवामूलक रहेका छन । नेपाली समाज टेक्सासमा युवा महिला तथा सिमान्तकृत समुदायको सहभागिता बढाउने, सँस्थालाई सँस्थागत रुपमा बिकास गर्ने, सँस्थामा कोष बृद्धि गर्ने, सँस्थामा बार्षिक योजना निर्माण गरि कार्यान्वयन गर्ने, युवाहरुको खेलकुद तथा रचनात्मक कार्यक्रममा सहभागिता बढाउने, टेक्सासको काउन्टी अस्पतालहरु लगायत अन्य अस्पतालहरुसँग सम्झौता गरि समुदायलाई निःशुल्क तथा सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने, अमेरिकी सरकारबाट प्रदान गरिने बिभिन्न सेवाहरुको वारेमा समुदायलाई जानकारी गराई फाईदा लिनको लागि सहजिकरण र सहयोग गर्ने, सहुलियतमा बिमाको व्यवस्था गर्न सहयोग गर्ने, सवारी चालक अनुमती पत्र, अँग्रेजी भाषा कक्षा, बिद्यार्थीहरुलाई सहयोग लगायतका मेरा प्रतिबद्धताहरु रहेका छन । मेरो व्यक्तिगत तथा टीमको प्रतिबद्धताहरु प्रति समुदायको राम्रो प्रतिकृया रहेको छ । निर्बाचनको माहोल मेरो र हाम्रो टीमको पक्षमा देखिएको छ ।
रिपोर्टस क्लब अमेरिका ः तपाई पेशा तथा पढाईका कारण निकै व्यस्त हुनु हुन्छ । यस्तो महत्वपूर्ण सँस्थामा काम गर्न रुची देखाउनु भएको छ । समय व्यवस्थापन कसरी गर्नु हुन्छ ?
रबिन पाठक ः समय व्यवस्थापन हरेक व्यक्तिको लागि अति आबश्यक छ । त्यसमा पनि सामाजिक सेवामा लाग्नेहरुका लागि त झनै समय व्यवस्थापन जरुरी रहेको छ । समाज सेवा गर्ने कुरा ईच्छा शक्तिमा पनि भर पर्दछ । ईच्छा भएमा समय व्यवस्थापन गर्न सकिन्छ । म पार्कल्याण्ड अस्पतालमा काम गर्दै गर्दा पनि उपचारको लागि आउने स्वास्थ्य बिमा नभएका र न्यून आय भएकाहरुलाई सहयोग र सहजिकरण गर्दै आएको कुरा आम नेपाली समुदायलाई जानकारी भएकै कुरा हो । त्यसमा पनि ड्यालस फोर्टवर्थ क्षेत्रमा नेपाली समुदायद्वारा आयोजना गरिने हरेक कार्यक्रममा सकृयतापूर्बक सहभागि हुदै आएको छु । अर्को कुरा मैले पनि ब्यक्तिगत रुपमा कामको आधारमा समयलाई बिभाजन गरेको छु । अहिलेको अवस्थामा बिहान ८ देखि ५ बजे सम्म कार्यालयको काम, बेलुकी ८ बजे देखि १२ बजे सम्म पिएचडी अध्ययन, हरेक हप्ताको शनिबार र आईतबार समुदायको लागि पूर्ण रुपमा समय दिने गरि समय व्यवस्थापन गरेको छु ।
रिपोर्टस क्लब अमेरिका ः तपाई र राजेन्द्र वाग्लेले नेतृत्व गरेको तपाईको टीमले जित्ने कुरामा कत्तिको बिश्वस्त हुनु हुन्छ ?
रबिन पाठक ः हामी हाम्रो सम्पूर्ण टीम जित्ने बिजयी हुने कुरामा शतप्रतिशत बिश्वस्त छौं । नेपाली समुदायले हामी प्रति देखाएको माया तथा राम्रो प्रतिकृयाले हामीलाई उत्साहित बनाएको छ । हामीलाई अमेरिकामा नेपालका राजनैतिक दलको राजनीति गर्नु छैन । सकिन्छ भने अमेरिकाको मूलधारको राजनीतिमा पहुँच बढाउने हो । राजनैतिक दलका नाममा समाजलाई बिभाजन गर्नु हुँदैन भन्ने हाम्रो प्रष्ट धारणा रहेको छ । समुदायलाई राजनीति, नेता चाहिएको होईन, सेवा चाहिएको छ । हामी सँग नेपाली समुदायलाई सबल बनाउने स्पष्ट एजेन्डा रहेका छन । समुदायलाई सशक्तिकरण गर्ने योजना छन । हामीसँगै अहिले सम्मकै सक्षम र योग्य टीम छ । हामी कुरा कम, काम बढी गरेर देखाउछौं । समुदायलाई नतिजा चाहिएको छ । हामी समुुदायसँगै छौं । समुदायसँगै बसेर समस्या पहिचान गछौं र समुदायसँगै बसेर समुदायका समस्याहरु सामाधानको लागि प्रयास गर्छौ भन्ने प्रतिबद्धता व्यक्त गरेको छौं । त्यसैले हामी विजयी हुने कुरामा शँका छैन ।
रिपोर्टस क्लब अमेरिका ः अन्तमा के भन्न चाहानु हुन्छ ?
रबिन पाठक ःम नेपाली आमा बुवा दाजुभाई तथा दिदी बहिनीहरुलाई म रविन पाठक र राजेन्द्र वाग्लेले नेतृत्व गरेको हाम्रो सम्पूर्ण टीमलाई आफ्नो अमूल्य मत दिई बिजयी गराउन बिनम्र अनुरोध गर्दछु । हामी कामबाट आफुलाई प्रमाणित गरेर देखाउन चाहान्छौं । त्यसका लागि बिगतमा हामीले समुदायको लागि दिएको योगदान, नेपाली समुदायलाई बलियो बनाउन खेलेको भूमिकालाई पनि मूल्याँकन गरिदिन हुन अनुरोध गर्दछौं । टेक्सासमा नेपाली समुदायको बसोवास बाक्लो बन्दै गएको छ । नेपाली समाज टेक्सास हामी सबै नेपालीको साझा घर हो । समुदायलाई अझ बलियो बनाउनको लागि समुदायको सहभागिता बढाउन जरुरी छ । नेतृत्व तहमा युवा सहभागिता बढाउन जरुरी छ । समुदायलाई राजनीतिका नाममा बिभाजन गर्ने होईन, समाजलाई थप एकताबद्ध र मजबुद बनाउनु पर्ने आबश्यकता रहेको छ ।

Share614SendTweet384

सम्बन्धित खवर

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

Next Post
एनएसटी निर्बाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न प्रतिबद्ध छौं :  निर्बाचन कमिटी

एनएसटी निर्बाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न प्रतिबद्ध छौं : निर्बाचन कमिटी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।