हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

नेपाली समाज टेक्सासका नयाँ पदाधिकारीहरुलाई पद हस्तान्तरण

Kishan Regmi by Kishan Regmi
January 21, 2024
in अमेरिका विशेष, एनआरएनए सम्वाद, सबै समाचार, समाचार
नेपाली समाज टेक्सासका नयाँ पदाधिकारीहरुलाई पद हस्तान्तरण

शंकर थापा, अर्भिङ, टेक्सास
नेपाली समाज टेक्सासका नव निर्बाचित पदाधिकारीहरुले आज देखि औपचारिक रुपमा पदभार ग्रहण गरेका छन । निर्बाचन कमिटीका सँयोजक बैकुन्ठबिक्रम थापाले पशुपति नाथ तथा बौद्ध मन्दिर युलेशको सभाकक्षमा आयोजना गरिएका एक कार्यक्रममा बीचमा पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको थियो ।
निर्बाचन कमिटीका सँयोजक बैकुन्ठबिक्रम थापाको अध्यक्षता तथा सदस्य बिजयराज भट्टराईको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा निबर्तमान कमिटीका कमिटीको तर्फबाट महासचिब सन्देश उप्रेती र सचिब हरी खनालले नव निर्बाचित महासचिब बिजय भुसाल र सचिब पुण्य पाण्डेलाई माईन्युट हस्तान्तरण गरेका थिए ।
उक्त अवसरमा नेपाली समाज टेक्सासको निर्बाचन सफल बनाउन स्वयँसेवकको भूमिका निर्बाह गर्ने ५४ जना स्वयँसेवकहरुलाई निर्बाचन कमिटीको तर्फबाट प्रशँसा पत्र प्रदान गरिएको थियो भने निबर्तमान कमिटीका पदाधिकारी सदस्यहरुलाई पनि प्रशँसा पत्र सहित बिदाई गरिएको थियो ।

समुदायका साझा मुद्दामा काम गरौं ः बक्ताहरु
नेपाली समाज टेक्सासका नव निर्बाचित पदाधिकारीहरुको पद तथा गोपनियता सपथ ग्रहण कार्यक्रममा बोल्ने बक्ताहरुले समुदायका साझा मुद्दा पहिचान गरि काम गर्न आग्रह गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथी स्थानीय बेडफोर्ड सिटीका मेयर डान कोगनले नेपाली समुदाय सशक्त बन्दै गएकोमा खुशी व्यक्त गर्नु भयो । हामी जो जहाँ भएपनि समुदायका लागि काम गर्ने हो । समुदायका साझा मुद्दाहरुमा बेडफोर्ड सिटी नेपाली समाज टेक्साससँग मिलेर सहकार्य गर्न ईच्छुक रहेको धारणा व्यक्त गर्नु भयो ।
यसैगरि नेपाल सरकारका महामहिम अबैतनिक महाबाणिज्य दूत प्रेमराजा महतले प्रवासमा रहेका नेपाली समुदायका सँस्थाहरुमा नेपाली समाज टेक्सास सबै भन्दा सशक्त र उत्कृष्ट सँस्था रहेको धारणा व्यक्त गर्नु भयो ।
निर्बाचन नेतृत्व चयन गर्ने एउटा प्रकृया हो । निर्बाचनले सँस्थालाई कमजोर होईन बलियो बनाउनु पर्दछ । हामी सबै मिलेर नेपाली समुदायलाई अझ बलियो र समुदायका लागि काम गर्ने हो । नेपाली समाज टेक्सासलाई नेपाली समुदायको उत्कृष्ट सँस्था बनाउन नेपाली समुदायका अगुवाहरुले खेलेको भूमिका खेलेको भूमिकाको महतले मुक्तकण्ठले प्रशँसा गर्नु भयो ।


युलेश सिटीका काउन्सिल सदस्य टीका पौडेलको नेपाली समुदाय बृहत बन्दै गएको र अवसर र चुनौती पनि थपिएको बताउनु भयो । नेपाली समुदायले अमेरिकी मूल प्रवाहको राजनीतिमा पनि पहुँच बिस्तार गर्नु पर्ने पौडेलको जोड थियो । आगामी फ्रेबुअरी ४ मा टेक्सासमा आयोजना हुने नेपाल भ्रमण बर्ष २०२४ बिशेष कार्यक्रमलाई सफल बनाउन नेपाली समुदायले भूमिका निर्बाह गर्नु पर्ने पौडलले आग्रह गर्नु भयो ।
यसैगरि न्यूयोर्कका चर्चित कानून व्यवसायी केशव सेढाईंले पनि नेपाली समाज टेक्सासले समुदायका लागि गर्दै आएका कामहरु प्रभावकारी रहेको बताउनु भयो । नेपाली समाज टेक्सासले समुदायका साझा सवालहरु पहिचान गर्दै काम गर्न आबश्यक रहेको बिचार व्यक्त गर्नु भयो ।
नेपालका भ्रष्टाचार बिरोधी अभियन्ता भरत जँगमले सँस्था दिगो बनाउन पारदर्शीता र समुदाय प्रतिको जवाफदेहिता आबश्यक रहेको बिचार व्यक्त गर्नु भयो ।
नयाँ निर्बाचनका क्रममा अध्यक्ष पदका प्रत्यासी कमल सत्यालले निर्बाचनको परिणाम जेसुकै आएपनि आफु समुदायसँगै रहेको धारणा व्यक्त गर्नु भयो । निर्बाचनको परिणामले आफुलाई समुदायको लागि अझ बढी समय दिनुपर्ने र काम गर्नु पर्ने सन्देश दिएको बताउदै समुदायका लागि गरिने रचनात्मक काममा आफ्नो समर्थन र सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।


सबै मिलेर सँस्थामा नयाँ उचाईमा पु¥याऔं ः नव निर्बाचित अध्यक्ष वाग्ले
नेपाली समाज टेक्सासका नव निर्बाचित अध्यक्ष राजेन्द्र वाग्लेले नेपाली समुदायको बृहत सहभागितामा सँस्थालाई नयाँ उचाईमा पु¥याउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
पद तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष वाग्लेले समुदायको बृहत सहभागितामा नेपाली समाज टेक्सास उत्कृष्ट सँस्था बन्न सफल भएको बताउदै अझ थप उचाईमा पु¥याउन समुदायबाट अझ बढी सहयोग, समर्थन र सहभागिताको खाँचो रहेको बिचार व्यक्त गर्नु भयो ।
आफुहरुले समुदायको सहभागितामा समुदायका सवालहरु पहिचान गरि कार्यान्वयन गरिने वाग्लेको प्रतिबद्धता थियो ।

Share640SendTweet400

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
युलेश, टेक्सासमा नेपालमा पर्यटन प्रवर्द्धनको लागि कार्यक्रम हुँदै

युलेश, टेक्सासमा नेपालमा पर्यटन प्रवर्द्धनको लागि कार्यक्रम हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।