हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

“नेजा” को १७ औं साधारण सभा अमेरिकाको बोस्टन शहरमा हुने

Kishan Regmi by Kishan Regmi
March 5, 2024
in अमेरिका विशेष, एनआरएनए सम्वाद, सबै समाचार
“नेजा” को १७ औं साधारण सभा अमेरिकाको बोस्टन शहरमा हुने

टेक्सास, अमेरिका
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १७ औं साधारण सभा म्यासाच्युसेट्स राज्यको बोस्टन शहरमा आयोजना हुने भएको छ । नेजाको फ्रेबुअरी २४ मा टेक्सासको अस्टिनमा सम्पन्न हाईब्रेड बैठकको निर्णय अनुसार १७ औं साधारण सभा अगामी मे महिनाको २५–२६, २०२४ मा अमेरिकाको ऐतिहासिक शहर बोस्टनमा आयोजना गर्न लागिएको नेजाका अध्यक्ष सुरज भण्डारीले जानकारी दिनु भयो ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १७ औं साधारण सभा बोस्टनमा गर्ने निर्णय गरिएपछि नेजाले साधारण सभाको तयारी अघि बढाएको छ । तयारीकै क्रममा नेपाल अमेरिका पत्रकार सँघ (नेजा) ले शनिबार म्यासाच्युसेट्स राज्यको न्यू इङल्यान्डवासी नेपाली समुदायका अगुवाहरुका बीच भर्चुल रूपमा छलफल गरेको छ ।
म्यासाच्युसेट्स राज्यका बिभिन्न स्थानमा रहेका नेपाली समुदायका बिभिन्न सँस्थाहरु, नेपाली समुदायका अगुवाहरुका बीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ छलफल कार्यक्रमको आयोजना गरिएको नेजाले जनाएको छ ।
छलफल कार्यक्रममा नेजाका १७ औं साधारण सभाको तयारी तथा नेजा र समुदायका बीचको सम्बन्धका बिषयमा छलफल गरिएको महासचिब बाबुराम दाहालले बताउनु भयो । महासचिब दाहालका अनुसार छलफलमा सहभागी संघ–संस्थाका प्रतिनिधिहरु, नेपाली समुदायका अगुवाहरुले नेजाको १७ औं साधारण सभा सफल बनाउन आवश्यक पर्ने सहयोगको प्रतिबद्धता जाहेर गरेका थिए । उक्त अवसरमा सहभागिहरुले नेजाको बोस्टनमा हुन लागेको साधारण सभाले म्यासाच्युसेट्स राज्यका नेपाली समुदाय र नेजाका बीचको सम्बन्धलाई थप उचाईमा पुर्याउने बिचार व्यक्त गरेका थिए ।
छलफल कार्यक्रममा नेजाका अध्यक्ष सुरज भण्डारीले नेपाल अमेरिका पत्रकार सँघ(नेजा) को बारेमा जानकारी गराउदै नेजाले १७ औं साधारण सभा बोस्टनमा आयोजना गर्ने निर्णय गरेको समुदायलाई औपचारिक रुपमा जानकारी गराउनु भएको थियो । यसै गरि नेजाका उपाध्यक्ष सुजन पण्डितले न्यू इङल्यान्ड क्षेत्रमा सक्रिय संघ–संस्थाहरूले समुदायका लागि पुर्याउँदै आएको योगदान र नेजासँग स्थापित आत्मीय सम्बन्धको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा नेजाका उत्तर–पूर्व क्षेत्रीय संयोजक एवम् १७औं साधारण सभा आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले सहभागीहरूलाई स्वागत गर्दै छलफल कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो । संयोजक बस्नेतले कार्यक्रमका बारेमा संघ–संस्थाहरूले देखाएको चासो, चिन्ता, छलफलमा जनाइएको सक्रिय सहभागिता र व्यक्त प्रतिबद्धताको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो । बस्नेतले स्थानीय संघ–संस्थाको साथ र सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न हुनेमा आफू र आफ्नो संस्था विश्वस्त रहेको बताउँदै तयारीका थप गतिविधि संघ/संस्थाहरूकै साथ सहयोगमा अघि बढाइने बताउनुभयो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका उपाध्यक्ष प्रेम तामाङ, पूर्वसल्लाहकार दीनबन्धु भट्ट, बिजय शर्मा, एनआरएनए, अमेरिका, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठ, उपाध्यक्ष राजु गुरुङ, न्यू ह्यामसायर च्याप्टर अध्यक्ष कमल ढुंगाना, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष गोबर्धन पूजा, म्यासाच्युसेट्स च्याप्टर अध्यक्ष महेश्वर पन्त, ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जीबीएनसी–GBNC) की अध्यक्ष अन्जु थापा, महासचिव सोनाम शेर्पा, प्रवासी नेपाली मञ्च, अमेरिकाका केन्द्रीय उपाध्यक्ष भीम प्रकाश ओली, पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङल्यान्ड (प्याब्फोन–PABFONE)का ट्रष्टी उपाध्यक्ष मिलन गुरुङ, कार्यसमितिका उपाध्यक्ष मिलनकुमार कार्की, नेपाली वोमन्स ग्लोबल नेटवर्क (एनडब्लूजीएन–NWGN)की अध्यक्ष कल्पना श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरिकाको म्यासाचुसेट्स च्याप्टर अध्यक्ष राम थापा, बोस्टन तमु समाजका पूर्वअध्यक्ष मीन गुरुङ, वर्तमान कार्यसमितिका उपाध्यक्ष रोबिन गुरुङ, नेवा अर्गनाइजेसन अफ न्यू इङल्यान्डका अध्यक्ष सन्जीव तुलाधर, खेलकुद (Khelkud Inc) का अध्यक्ष रन्जन दाहाल, मिडिया क्षेत्रमा सक्रिय शिव मिश्र, नेजा क्षेत्रीय संयोजक (उत्तर) रोशन अधिकारी, नेजाका पूर्वकार्यसमिति सदस्य दिनेश कार्कीलगायतको सहभागिता रहेको थियो।

Share613SendTweet383

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
भब्य रुपमा मनाइयो टेक्सासमा होलि , ४ हजार बढी नेपाली समुदायको सहभागिता

भब्य रुपमा मनाइयो टेक्सासमा होलि , ४ हजार बढी नेपाली समुदायको सहभागिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।