नेपाली समुदायको बाक्लो बसोवास रहेको टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली समुदायले यस बर्षको होली पर्बलार्ई उत्सवको रुपमा मनाएका छन । युलेश स्थित नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रको प्राङ्गणमा आयोजना गरिएको होली उत्सब कार्यक्रममा ४ हजार बढी नेपाली समुदायको सहभागिता रहेको थियो ।
बिगतका बर्षमा नेपाली समुदायका बिभिन्न सँस्थाहरुद्वारा छुट्टा छुट्टै रुपमा होली पर्ब मनाउने गरिएको थियो । यसबर्ष नेपाली समाज टेक्सास सहित नेपाली समुदायका बिभिन्न एक दर्जन बढी सँस्थाहरुको सहभागितामा ऐतिहासिक होली कार्यक्रम आयोजना गरिएको नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले बताउनु भयो ।
होली कार्यक्रममा नेपाली समुदायका बिभिन्न सँस्थाहरुद्वारा बिभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा सुदूरपश्चिम नेपाली समाज टेक्सासको होली तथा डेउडा कार्यक्रम, लुम्बिनी सेवा समाजको पन्चे बाजा कार्यक्रम, ईन्द्रेणी साँस्कृतिक सँघको बिशेष साँस्कृतिक कार्यक्रम, तामाङ समाजको प्रस्तुती होली उत्सब कार्यक्रमको मुख्य आकर्षण थियो ।
होली उत्सब कार्यक्रममा बोल्दै नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले सँयुक्त रुपमा आयोजना गरिएको होली कार्यक्रमले एक आपसमा साँस्कृतिक विविधता जानकारी प्राप्त गर्ने अवसर मिलेको बताउनु भयो । रङ्गहरुको पर्ब होलीले एकताको सन्देश दिएको बताउँदै आगामी दिनमा नेपाली समाज टेक्सासले समुदायलाई थप एकताबद्ध र सुदृढ बनाउन प्रयास गरिने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा ईन्द्रेणी साँस्कृतिक सँघका कार्यबहाक अध्यक्ष सन्जिव पराजुलीले स्वागत गर्नु भएको उक्त कार्यक्रममा युलेश सिटीका टिम प्रो मेयर Aidie Price, काउन्सिल सदस्य टीका पौडेलले होली पर्बको शुभकामना मन्तब्य दिनु भएको थियो ।
कार्यक्रम नेपाली समाज टेक्सासका महासचिब बिजय भुसाल, सदस्य राधिका खराल तथा र मौसम भट्टराईले सँयुक्त रुपमा सन्चालन गर्नु भएको थियो ।
Rivo Casino Irish Luck Slots
ContentsUnderstanding Irish-Themed Slot MechanicsStep-by-Step Guide to Claiming a Rivo Casino BonusBonus Terms and Wagering Requirements ExplainedCommon Login and Gameplay IssuesWithdrawing...




