हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

टेक्सासको युलेशमा आजबाट अध्यात्मिक महोत्सब शुरु

Kishan Regmi by Kishan Regmi
April 9, 2024
in अमेरिका विशेष, गृहपृष्ठ, सबै समाचार
टेक्सासको युलेशमा आजबाट अध्यात्मिक महोत्सब शुरु

शंकर थापा

युलेश, टेक्सास
नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र टेक्सासद्वारा आयोजना हुन लागेको श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सब) आजबाट युलेशमा शुरु भएको छ । केन्द्रको प्राङ्गणमा आयोजना गरिएको बिशेष समारोहमा पशुपति नाथ तथा बौद्ध बिहार निर्माणको लागि १ लाख डलर भन्दा बढी सहयोग गर्ने दाताहरुले सँयुक्त रुपमा पानसमा बत्ति बालेर उद्घाटन गर्नु भयो । उक्त अवसरमा पण्डितहरुबाट स्वस्ती बाचन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी युलेश सिटीकी मेयर लिण्डा मार्टिनले नेपाली समुदायमा देखिएको साँस्कृतिक एकताको प्रशँसा गर्दै समुदायको लागि गरिने साझा सवालमा युलेश सिटी साझेदारी र सहयोग गर्न तयार गरेको बताईन । युलेश सिटी बिबिधतायुक्त साँस्कृतिक शहर भएको बताउँदै नेपाली समुदायले आयोजना गर्न लागेको अध्यात्मिक महोत्सब कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरिन् ।
यसै गरि उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कथाबाचक पण्डित दिनबन्धु पोखरेलले प्रवासमा समेत जात तथा क्षेत्रका नाममा नेपाली समुदाय बिभक्त हुन थालेकोमा चिन्ता ब्यक्त गर्दै धार्मिक तथा अध्यात्मिक चेतनाको माध्यमबाट नेपाली समुदायलाई जोड्नु पर्ने धारणा व्यक्त गर्नु भयो । टेक्सासका नेपाली समुदायले शुरु गर्न लागेको पशुपतिनाथ तथा बौद्ध बिहार मन्दिर निर्माण बृहत परियोजनाको प्रँशसा गर्दै पण्डित पोखरेलले परियोजना सम्पन्न गर्न सबै नेपाली समुदायले एकै ठाउँमा उभिएर सहयोग गर्नु पर्ने बिचार व्यक्त गर्नु भयो ।
नेपाली र्साँस्कृतिक तथा अध्यात्मिक केन्द्रका सचिब डा. दिनेश ज्ञवालीको सन्चालनमा भएको उद्घाटन कार्यक्रममा बोल्दै नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले टेक्सासमा नेपाली समुदायको आकर्षण बढी रहेको सन्दर्भमा प्रवासमा नेपाली भाषा, कला तथा सँस्कृतिको प्रबद्र्धन गरेर मिनि नेपाल निर्माण गर्न जरुरी भईसकेको धारणा ब्यक्त गर्नु भयो । पशुपतिनाथ तथा बौद्ध बिहार मन्दिर निर्माण नेपाली समुदायको प्राथमिकता प्राप्त परियोजना भएको बताउँदै परियोजना सम्पन्न भएमा एकै स्थानमा सिंगो नेपाल देख्न सकिने बताउनु भयो । उक्त अवसरमा मन्दिरका पूजा समितिका उपाध्यक्ष छबि चापागाईंले महायज्ञको उद्देश्य सहित बिबिध पक्षको वारेमा जानकारी दिनु भएको थियो ।
श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सब) उद्घाटन पूर्ब कलश यात्रा कार्यक्रमको आयोजना गरिएको थियो । मन्दिरबाट शुरु गरिएको कलश यात्रामा सयौं महिला तथा पुरुषहरुले कलश सहित मन्दिर परिक्रममा गरेका थिए । कलश यात्रामा ड्यालस फोर्टवर्थ क्षेत्रमा सकृय रहेका नेपाली समुदायका बिभिन्न सँस्थाहरु व्यानर सहित सहभागि भएका थिए ।
श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सब) आजबाट शुरु भई अप्रिल १७ तारेखसम्म चल्ने छ । नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र परिसरमा निर्माण हुन लागेको पशुपतिनाथ तथा बौद्ध बिहार मन्दिरको लागि कोष बृद्धि गर्न महायज्ञ आयोजना गरिएको बताईएको छ । कुल १ करोड डलर खर्च लाग्ने अनुमान गरिएको उक्त परियोजना सम्पन्न गर्नको लागि करिब ५० लाख डलर महायज्ञबाट सँकलन गर्ने लक्ष्य लिईएको आयोजकले बताएका छन ।

Share812SendTweet508

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
आइएसएसए अन्तर्राष्ट्रिय अवार्डमा नेपालबाट सञ्चारकर्मी / गीतकार अधिकारी मनोनीत ( भोटिंग लिंक सहित )

आइएसएसए अन्तर्राष्ट्रिय अवार्डमा नेपालबाट सञ्चारकर्मी / गीतकार अधिकारी मनोनीत ( भोटिंग लिंक सहित )

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।