ड्यालस, टेक्सास
ड्यालसको युलेशमा निर्माण गर्न लागिएको पशुपतिनाथ मन्दिरको लागि नेपाली समुदायले ३३ लाख डलर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । युलेशमा पशुपतिनाथ तथा बौद्ध स्तुपा निर्माणको लागि सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको श्रीमद् देबी भागवत ज्ञान महायज्ञमा नेपाली ड्यालस फोर्टवर्थ क्षेत्रका नेपाली समुदायबाट उक्त सहयोगको प्रतिबद्धता ब्यक्त भएको आयोजकले जानकारी दिएका छन । उक्त सहयोग रकममा कतिपयले तत्काल उपलब्ध गराएका थिए भने कतिपयले आगामी ३ बर्ष भित्रमा उपलब्ध गराउने बताएका छन ।
नेपाली समुदायको बाक्लो बसोवास रहेको ड्यालस फोर्ट क्षेत्रका नेपाली समुदायले महायज्ञमा उत्साहजनक सहभागिता जनाएका थिए । अप्रिल ९ देखि १६ तारेख सम्म सन्चालन भएको महायज्ञमा उपस्थित भएका मध्य नाम दर्ता गराएका मात्रै १६ हजार दुईसय भक्तजनहरु रहेका छन । तर नाम दर्ता नगराएकाहरुको पनि सँख्या उल्लेख्य रहेको थियो ।
महायज्ञको समापन कार्यक्रममा महायज्ञमा नेपाली समुदायको सहभागिता सहयोगको आयोजकले मुक्तकण्ठले प्रशँसा गरेका थिए ।
आयोजकका अनुसार आज दिनभर महायज्ञको कलश बितरण गर्ने कार्यक्रम रहेको छ । महायज्ञमा नेपालका चर्चित कथाबाचक दिनबन्धु पोखरेलले ९ दिन सम्म कथाबाचन गर्नु भएको थियो ।
एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता”...







