हाम्रो बारेमा
Friday, July 24, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

टेक्सासको युलेशमा महायज्ञको तयारी तिब्र, नेपालीको घरघरमा सुपारी र जनै सहितको निमन्त्रणा

Kishan Regmi by Kishan Regmi
February 20, 2024
in अमेरिका विशेष, गृहपृष्ठ, सबै समाचार, समाचार
टेक्सासको युलेशमा महायज्ञको तयारी तिब्र, नेपालीको घरघरमा सुपारी र जनै सहितको निमन्त्रणा

युलेश, टेक्सास
नेपाली समुदायको बाक्लो वसोवास रहेको ड्यालसको युलेशमा आगामी चैत्र शुक्लपक्ष प्रतिपदा अप्रिल ९ देखि १७ सम्म अर्थात (चैत्र २७) देखि नवमी (वैशाख ५) सम्म आयोजना गर्न लागिएको श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (नवाह) को तयारी तिब्र पारिएको छ । महायज्ञ आयोजक सँस्था नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले आईतबार पत्रकार सम्मेलनको आयोजना गरि महायज्ञको लागि हाल सम्म भएका प्रगतिको वारेमा समुदायलाई जानकारी गराएको छ । महायज्ञको लागि हरेक सहयोग र सहभागिता जुटाउन नेपालीको घरघरमा सुपारी र जनै सहितका निमन्त्रण बक्स पठाउन लागिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन ।
नेपाली समुदायको बृहत सहभागिता र सहयोगमा आयोजना गर्न लागिएको श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (नवाह) को प्रमुख उद्देश्य पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तुपाको निर्माण पुरा गर्नु नै हो । पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तुपाको निर्माण नेपाली समुदायको गौरवको आयोजना भएकाले महायज्ञ तथा मन्दिर निर्माणमा हरेक नेपालीबाट सहयोग हुने अपेक्षा गरिएको पत्रकार सम्मेलनमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटाले बताईन । मन्दिर निर्माणको लागि हरेक परिवारबाट संस्थापक सदस्य वा ट्रष्टी बनेर भएपनि सहयोग गरिदिन अध्यक्ष सापकोटाको आग्रह थियो ।
उक्त अवसरमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र पूजा समितिका उपाध्यक्ष छबीमणि चापागाईले महायज्ञको हाल सम्म भएका तयारीको वारेमा जानकारी दिनु भएको थियो । उपाध्यक्ष चापागाईका अनुसार चर्चित कथाबाचक दिनबन्धु पोखरेलबाट पुराण वाचन हुने उक्त महायज्ञका लागि हालसम्म १७ वटा उपसमितिहरु गठन भैसकेको र एकहजार ८ कलशहरु आइपुगेर धमाधम बुकिङ्ग भईरहेका छन ।
महायज्ञको क्रममा कर्ता हुनका लागि एकहजार डलर, पितृको स्मृतिमा तस्बीर नवाह महायज्ञमा राख्न दुईसय डलर र नौ दिनसम्म राखिएको जल सहितको घडा लिनका लागि दुईसय डलर सहयोग रकम राखिएको पत्रकार सम्मेलमा जानकारी दिईएको थियो ।
पत्रकार सम्मेलनमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका ट्रष्टी अध्यक्ष रमेश पोखरेल तथा पूर्ब अध्यक्ष सुरेशचन्द्र पोखरेलले पनि बोल्नु भएको थियो । पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तुपाको निर्माण नेपाली भाषा, सँस्कृति तथा नेपालीको पहिचानसँग जोडिएको बिषय भएकाले सबैले दिल खोलेर सहयोग गर्न उहाँहरुको आह्वान थियो ।

यसैगरि योजना डिजाइन तथा निर्माण समितिका अध्यक्ष निरज श्रेष्ठले मन्दिर र स्तुपाको निर्माण चाँडो निर्माण गर्न सकियो भने लागत घटाउन सकिने भएकाले महायज्ञ मार्फत नेपाली समुदायबाट खुल्ला दिलले सहयोगको अपेक्षा गरिएको बताए ।

नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारीले श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (नवाह) को प्रचार प्रसारको जिम्मेवारी नेजालाई प्राप्त गरेकाले नेजा सम्बद्ध सबै पत्रकार साथीहरुबाट महायज्ञको प्रचार प्रसारलाई सहयोग पुग्ने गरि समाचार सामग्री प्रकाशन प्रसारण गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै अध्यक्ष भण्डारीले ड्यालसको युलेशमा निर्माण हुन लागेको पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तुपा नेपालीहरुको आस्था र नेपाली सँस्कृतिको धरोहर बन्ने बिश्वास व्यक्त गर्दै नेपाली समुदायले खुल्ला हृदयले सहयोग गर्नु पर्ने बिचार व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाली समाज टेक्सासका महासचिब बिजय भुसालले पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तुपाको निर्माण नेपाली समुदायको गौरवको परियोजना भएकाले महायज्ञ मार्फत नेपाली समुदायबाट पूर्ण सहयोग हुने बिश्वार व्यक्त गर्नु भयो । कार्यक्रममा नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र बोर्ड अफ ट्रस्टीका उपाध्यक्ष डा. प्रेम अधिकारी तथा सचिब रविन खनालले महायज्ञ मार्फत मन्दिर निर्माणमा सहयोग र सहभागिताका लागि आह्वान गर्नु भयो ।

 मन्दिर निर्माण तथा महायज्ञको वारेमा केन्द्रको आधिकारिक वेवसाईट  www.ourncsc.org मा गएर थप जानकारी लिन सकिने आयोजकले बताएका छन ।

Share624SendTweet390

सम्बन्धित खवर

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

by Kishan Regmi
June 4, 2026
0
1.5k

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यका साथ विदेश च्याप्टर गठन प्रक्रियालाई औपचारिक...

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

by Kishan Regmi
April 18, 2026
0
1.6k

अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता”...

Next Post
एनआरएनए अमेरिकाको टेक्सास च्याप्टरद्वारा पूर्ब अध्यक्षहरुसँग अन्तरक्रिया

एनआरएनए अमेरिकाको टेक्सास च्याप्टरद्वारा पूर्ब अध्यक्षहरुसँग अन्तरक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।