हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

एभरेष्ट फेडेरल क्रेडिट युनियनलाई प्रवासी नेपालीको पहुँचमा पुर्‍याउन अभियान शुरु

Kishan Regmi by Kishan Regmi
February 29, 2024
in अमेरिका विशेष, गृहपृष्ठ, सबै समाचार
एभरेष्ट फेडेरल क्रेडिट युनियनलाई प्रवासी नेपालीको पहुँचमा पुर्‍याउन अभियान शुरु

युलेश, टेक्सास
अमेरिकामा नेपालीको पहिलो बित्तिय सँस्था एभरेष्ट फेडरेल क्रेडिट युनियनले आफ्ना सेवालाई प्रवासी नेपालीको पहुँचमा पुर्याउन अभियान शुरु गरेको छ । एभरेष्ट फेडरेल क्रेडिट युनियनका सेवावाट नेपाली समुदायलाई प्रत्यक्ष रुपमा फाईदा पुगोस भनेर अभियान शुरु गरिएको सिईओ मेनेजर राजबिराज रिजालले बताउनु भयो ।
अभियान अन्तरगत बिभिन्न राज्य तथा प्रमुख शहरमा रहेका नेपाली समुदायसँग अन्तरकृया, बिभिन्न माध्यमबाट आफ्ना सेवाको वारेमा जानकारी दिने काम भईरहेको छ । नेपालीले स्थापना गरेको बित्तिय सँस्था प्रति बिश्वासको वातावरण बनाउदै एक नेपाली, एक नेपाली शेयर खाताको अभियान शुरु गरिरहेका छौं, रिजालले जानकारी दिनु भयो ।
अभियानकै सन्दर्भमा एभरेष्ट फेडेरल क्रेडिट युनियनले आईतबार युलेश स्थित मन्त्र रेष्टुरेन्टमा एक अन्तरकृया कार्यक्रमको आयोजना गरि ड्यालस फोर्टवर्थ क्षेत्रका नेपाली सँस्थाका अगुवाहरु तथा नेपाली समुदायका सँस्थाहरुलाई आफ्ना सेवाको वारेमा जानकारी गराएको छ ।

अन्तरकृया कार्यक्रममा बोल्दै एभरेष्ट फेडेरल क्रेडिट युनियनका सँस्थापक तथा पदाधिकारीहरुले बित्तिय सँस्थाका सेवाहरु तथा आगामी योजनाको वारेमा जानकारी दिदै एभरेष्ट फेडेरल क्रेडिट युनियनलाई बिश्वास गर्न आग्रह गरे ।
टाउन हल बैठक नाम दिईएको उक्त कार्यक्रममा बोल्दै सँस्थाका अध्यक्ष डा. मदन उप्रेतीले एभरेष्ट फेडरेल क्रेडिट युनियन नेपाली समुदायको आफ्नो सँस्था भएकाले यसको भविश्य नेपाली समुदायको भबिश्यसँग जोडिएको धारणा ब्यक्त गर्नु भयो ।
अन्तरकृया कार्यक्रममा बोल्दै सँस्थाका पूर्ब अध्यक्ष मोहन ज्ञवालीले अमेरिकामा नेपाली समुदायका दर्जनौं सँस्था भएपनि नेपालीहरुको आर्थिक स्तर उकास्न सहयोग गर्ने एभरेष्ट फेडेरल क्रेडिट युनियन पहिलो भएको दावी गर्नु भयो । अमेरिकी बित्तिय सँस्थाहरुमा नेपाली समुदायको सहज पहुँच छैन । सेवा लिने प्रकृया निकै झन्झटिलो छ । त्यसैले नेपाली समुदायको आफ्नो बित्तिय सँस्था एभरेष्ट फेडरेल क्रेडिट युनियन नेपाली समुदायको आफ्नै बित्तिय सँस्था भएकाले समुदायले नै यसलाई बलियो र सबैको पहुँचमा पुर्याउनु पर्ने कुरामा जोड दिनु भयो ।
यसै गरि कार्यक्रममा क्रेडिट कमिटी चेयर डा. मिलन पौडेलले बित्तिय सँस्था अमेरिकी फेडेरल कानून अन्तरगत दर्ता भई सेवा प्रवाह गरिरहेको र राम्रो ब्यवस्थापनका कारण बित्तिय सँस्था नाफामा रहेको जानकारी दिनु भयो ।

यस्तै बित्तिय सँस्थाका बोर्ड अफ डाईरेक्टर राम सी पोखरेलले बित्तिय सँस्थामा व्यवस्थापकिय पक्षमा सुधार बनाउदै लगिएको र नेपाली समुदायको ईज्जत हुने खालको सँस्था बनाईने प्रतिबद्धता ब्यक्त गर्नु भयो । पोखरेलले एभरेष्ट फेडेरल क्रेडिट युनियन नेपाली समुदायको आफ्नो बित्तिय सँस्था भएकाले समुदायले बिश्वास गर्नु पर्ने कुरामा जोड दिनु भयो । बित्तिय सँस्थामा बचतमा राम्रो व्याज रहेको, अन्य बित्तिय सँस्थाको भन्दा सस्तो ब्याजदर रहेकाले निर्धक्क लगानी गर्न र आबश्यक पर्दा ऋण लिन पोखरेलले आग्रह गर्नु भयो ।

उक्त अवसरमा एभरेष्ट फेडेरल क्रेडिट युनियनका सिईओ मेनेजर राजबिराज रिजालले एभरेष्ट फेडेरल क्रेडिट युनियनको आर्थिक अवस्था र समुदायको सहभागिताको अवस्थामा जानकारी गराउनु भएको थियो । एभरेष्ट फेडेरल क्रेडिट युनियनमा बचतकर्ताले जम्मा गरेको रकमका दुईलाख ५० हजार डलरसम्मको बीमा गरिएको हुनाले सर्वसाधारणको एक पेनी पनि डुब्ने संभावना नरहेको रिजालले स्पष्ट पारे ।
बित्तिय सँस्थाको अवस्था सन्तोषजनक रहेको बताउँदै सिईओ रिजालले एभरेष्ट फेडेरल क्रेडिट युनियनमा समुदायको सहभागिता बढाउँदै लैजाने हो भने बित्तिय सँस्थालाई बैंकको रुपमा बिकसित गर्न सकिने अवसर रहेको बताउनु भयो ।
न्यूयोर्कमा मुख्य कार्यालय रहेको एभरेष्ट फेडरेल क्रेडिट युनियनले नेपाली समुदायको बाक्लो बसोवास रहेको टेक्सासको ड्यालसमा पहिलो शाखा स्थापना गरेर सेवा प्रवाह गरिरहेको छ । आईतबार आयोजना गरिएको अन्तरकृया कार्यक्रममा ड्यालस फोर्टवर्थ क्षेत्रका नेपाली समुदायका अगुवाहरुले एभरेष्ट फेडरेल क्रेडिट युनियनका सेवालाई प्रभावकारी बनाउन बिभिन्न सुझाव दिदै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । उक्त अवसरमा नेपाली समुदायका अगुवाहरु सम्मिलित एक टेक्सास अपरेशन कमिटी पनि घोषणा गरिएको थियो ।
यसै गरि उक्त कार्यक्रममा सहभागि बिभिन्न व्यक्तिहरुले एभरेष्ट फेडरेल क्रेडिट युनियन नेपाली समुदायको आफ्नै बित्तिय सँस्था भएकाले बिश्वास गर्नु पर्ने बताउदै १५ हजार देखि २ लाख ५० हजार डलर सम्म जम्मा गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा एभरेष्ट क्रेडिट युनियनमा हाल सम्म एकहजार दुईसय शेयर सदस्यहरु रहेको जानकारी दिईएको थियो । बित्तिय सँस्थाका जनक भण्डारीको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न राज्यबाट आएका नेपाली समुदायका अगुवा तथा सँस्थामा आबद्ध व्यक्तिहरुले समेत आफ्नो धारणा व्यक्त गरेका थिए । उक्त अवसरमा बिभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

Share611SendTweet382

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post

प्रवासी नेपाली मञ्च टेक्सासको अधिबेशन अप्रिल २७ मा हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।