इरानी राष्ट्रपति इब्राहिम रायसीको पाकिस्तान भ्रमण र व्यापारिक सम्झौताप्रति अमेरिकाले आपत्ती जनाएको छ । तिन दिने पाकिस्तान भ्रमणमा रहेका रायसीसंग पाकिस्तानले आठ वटा विषयमा द्विपक्षीय सम्झौता गरेपछि अमेरिकाले पाकिस्तानलाई संभावित प्रतिवन्धको चेतावनी दिएको हो ।
राष्ट्रपति रायसीलाई समेत ईरान नविरुद्ध कारबाही जारी राख्ने बताएको अमेरिकाले यि दुई देशविच भएका सम्झौताप्रति आपत्ती जनाउँदै पाकिस्तानको बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमका आपूर्तिकर्ताहरूमाथि प्रतिबन्ध लगाउन सक्ने बताएको हो । अमेरिकाले दुई देशविच विनासकारी हतियार हतियार खरिदसँग सम्बन्धित जुनसुकै गतिविधिहरूमा आफुहरुले अवरोध र कारबाही जारी राख्ने समेतको चेतावनी दिएको छ।
दुई राष्ट्रले विभिन्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेको विषयमा अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ताले भने, “हामी प्रसार सञ्जालहरू र सामूहिक विनाशका हतियारहरू खरिद गतिविधिहरू विरुद्ध अवरोध गर्ने र कारबाही गर्ने जारी राख्नेछौं, तिनीहरू जहाँ भए पनि । हामी इरानसँग व्यापारिक सम्झौताहरू विचार गर्ने जो कोहीलाई प्रतिबन्धहरूको सम्भावित जोखिम पहिचान गर्न सल्लाह दिन्छौं।’
स्रोत: विविसी हिन्दी







