नेपाली मूलका पहिलो अमेरिकी राज्यसभा सांसद डा। ह्यारी (एचबी) भण्डारीले पुन आफ्नो उमेद्वारी घोषणा गरेसंगै उनको चुनावी सहयोगका लागि समिती गठन गरिएको छ । मेरिल्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट दुई पटक निर्वाचित नेपाली मूलका सांसद डा.भण्डारीले यस पटक डिष्ट्रिक २ बाट कंग्रेशनल निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएपछि निर्वाचन लक्षित सहयोगका लागि समिती गठन गरिएको हो ।
विगत छ वर्ष देखि अमेरिकाको मेरिल्याण्ड राज्य राज्यबाट आफ्नो राजनितिक र सामाजिक छवि बलियो बनाएका भण्डारीले यस पटक अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सको सदस्य (कंग्रेसमेन)का लागि उम्मेद्वारी घोषणा गरेपछि उनको चुनावी अभियानलाई साथ,सहयोग गर्नका लागि विभिन्न राज्यमा रहेका सुभेच्छुकहरुको सहभागितामा समिति गठन गरिएको हो । गठित कमिटीले समिती मातहत रहेर भण्डारीको चुनावी अभियानमा फण्डरेईजिङ्ग, स्वयंसेवक परिचालन तथा आवश्यक सहयोग गरिने छ ।
नेपाली संस्कार, संस्कृति, भाषा र पहिचानका लागि सदैव गम्भिर देखिंदै आएका भण्डारीको सरलता र सहयोगी भावका कारण समेत बलियो सामाजिक छवि बनाएका भण्डारीको नेतृत्व क्षमताको समेत मेरिल्याण्ड राज्यमा सफल र बलियो छवि स्थापित छ । जस कारण उनको यस पटकको उमेद्वारीलाई नेपाली तथा अमेरिकी समुदायले पनि थप चासोको रुपमा हेर्दै आएको छ ।







