चर्चित नेपाली गायिका सुवानी मोक्तानले टेक्सासमा आफ्नो प्रस्तुति दिने भएकी छन् । नमस्ते ईन्टरटेनमेन्टको प्रस्तुतीमा गायिका सुबानी सहितका कलाकारले अप्रिल २६ तारिक शुक्रबार साँझ टेक्सासको अर्भिङ्ग स्थित अलिबाबा हुक्का लाउन्जमा आफ्नो प्रस्तुती दिने भएका हुन् ।
दिउँसो ४ बजेबाट सुरु हुने कार्यक्रम उत्सवको मृख्य आकर्षणका रुपमा रहेको मनोरञ्जनात्मक प्रस्तुती अन्तरगतका कार्यक्रम साँझ ८ बजेबाट सुरु हुनेछ । कार्यक्रममा गायिक सुवानीले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नेछिन् भने म्याड हनी व्याण्डको प्रस्तुती, वेली डान्स, डिजे डान्स लगायतका प्रस्तुती रहने छन् ।

आयोजक कमिटीका अनुसार प्रवेश शुल्क ३० डलर राखिएको कार्यक्रममा खाना, ड्रिंक्स, हुक्का र फ्रि पार्किङ्गको व्यवस्था रहेको छ ।
नेपाली संगीत क्षेत्रकी चर्चित गायिका सुबानी मोक्तान ख्यातिप्राप्त गायिका कुन्ति मोक्तान र संगीतकर्मी शिला वहादुर मोक्तानकी छोरी हुन् । सांगीतिक पृष्ठभूमिबाट उदायकी उनि युवा पुस्तामाझ अझ बढि लोकप्रिय छिन् । ‘सुबानीकाजुनी जुनीको लागि’,’सायद तिम्रो माया पाउने’, ‘पागलपन’ लगायतका गीतहरु चर्चामा छन् भने ‘तिमीलाई हेरी-हेरी-हेरी रहने बानी परेछ’ गीत बर्षभर शिर्ष सफलता रहेको छ ।