लुम्बिनी सेवा समाज अमेरिकाले बुटवलको रुपन्देहीमा रहेको मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ । समाजले अप्रिल १९ तारिक शुक्रबारका दिन मानव सेवा आश्रमलाई रु ५० हजार आर्थिक सहयोग गरेको हो ।
समाजका महासचिव युधिष्ठिर नेपालको अध्यक्षता तथा बुटवल उप-महानगरपालिकाका उप-प्रमुख सावित्रा देवि अर्यालको प्रमुख आतिथ्यतामा आयोजित आर्थिक सहयोग हस्तान्तर समारोहमा हस्तान्तरित रकम आश्रममा आश्रितहरुको भरण पोषणका लागि खर्च गरिने छ ।

यस विषयमा समाजका अध्यक्ष जगदिश प्रसाद न्यौपानेले दिएको जानकारी अनुसार सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल प्रतिनिधि दीपक प्रधान,समाजका निवर्तमान उपाध्यक्ष तथा पायोस नेपाल रूपन्देहीका अध्यक्ष लता प्रधान, बुटवाल उद्योग संघका पूर्ब अध्यक्ष बाबुराम बोहरा, उद्योग वाणिज्य संघ बुटवलका बरिष्ठ उपाध्यक्ष बिमल भट्टराई, बुटवल उप महानगरपालिका ८ का कार्यबाहक अध्यक्ष सिता खनाल, वडा नं. ५ का पूर्ब अध्यक्ष टंक पराजुली, समाजसेवी मदन पौडेल, गीता पौडेल, ईश्वरी प्रसाद नेपाल, तेज नारायण अर्याल, लक्ष्मी अर्याल, सीता गौतम, मानव सेवा आश्रमका अभिभावक शेर बहादुर गौतम, तथा मानव सेवा आश्रम लुम्बिनी प्रदेश प्रमुख सरू अधिकारी, मानव सेवा आश्रम बुटवल प्रमुख रिया थापा, पत्रकार कविन्द्र नेपाल र मानव सेवा आश्रममा आश्रित १ सय ८० ज़ना आश्रित हरू को उपस्थिति रहेको थियो।



Aa







