सन्तोष शर्मा , न्युयोर्क
रोल्पा अमेरिका समाजको तेश्रो कार्यकालका लागी अध्यक्षमा टीका बहादुर थापा पुनः निर्बाचित भएका छन न्यु योर्कमा आज सम्पन्न सस्थाको तेश्रो अधिबेशनले थापाको अध्यक्षतामा १५ सदश्य नयाँ कार्यसमिती सर्बसम्मत च्यन गरेकोे हो।
संस्थाका सल्लाहकार भुप नारायन घर्तीमगरको प्रमुख आतिथ्यता तथा सल्लाहकार एव सस्थापक अध्यक्ष गोविन्द श्रेष्ठ, लक्ष्मन पुन र विवेक रोकाको विशिष्ट आतिथ्यतामा भएको उक्त अधिबेशनबाट सस्थाको बरिस्ठ उपाध्यक्षमा आस बहादुर घर्तीमगर, खुल्ला उपाध्यक्षमा कमल प्रसाद रोका, महासचिबमा जीव राज घर्ति, सचिबमा गणेश खड्का, कोषाध्यक्षमा मनोज बुढामगर, सहकोषाध्यक्षमा बसन्त बुढामगर रहेका छन्। त्यस्तै सदस्यहरुमा सुरेश बाठा, दिपक श्रेष्ठ, माम बहादुर बुढामगर, राज कुमार घर्ति, निर्मल रानामगर, किरण बिक, जुनमाया बुढामगर चयन भएका छन्।
नबनिर्बाचित कार्यसमितिलाइ बधाई तथा शुभकामना दिदै प्रमुख अतिथि घर्तिले सस्था रोल्पालीहरुको सुख दुखको साझा चौतारी बन्न सकोस साथै रोल्पा संगै सिंगो देशलाइ चिनाउने सेतुको रुपमा काम गर्न सुझाब दिएका छन्। त्यस्तै सस्थापक अध्यक्ष श्रेष्ठले आफुले थोरै सदस्य बाट स्थापना गरेको सस्था आज तेस्रो कार्यकाल सम्म आइपुग्दा ठुलो संख्यामा रोल्पालीहरु जोडिएकोमा खुसि ब्यक्त गर्दै सस्थालाइ आगामी दिनमा अझ बृहत बनाउदै यस प्रबासी भुमिमा रहेका सम्पूर्ण रोल्पालीहरुको मर्दा र पर्दाको सहयात्री बन्न सकोस भन्दै शुभकामना दिएका थिए ।
साथै कार्यक्रममा रिपोर्टस क्लब अमेरिकाका महासचिब सन्तोष शर्मालाइ अमेरिकामा रहेर पत्रकारिता मार्फत सस्थामा दिएको योगदानको गर्दै सम्मान समेत गरिएको थियो।








