ड्यालस, टेक्सास
सुदूरपश्चिम नेपाली समाज टेक्सासले ड्यालसको ग्रेपभाईनमा बृहत बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ ।
टेक्सासका बिभिन्न स्थानमा बसोवास गर्ने सुदूरपश्चिमेलीहरुलाई एकै स्थानमा जमघट गराई नेपाली नयाँ बर्षको सन्दर्भ पारेर आईतबार ग्रेपभाईन पार्कमा बनभोज कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष गगन केसीले बताउनु भयो ।
अध्यक्ष केसीका अनुसार बनभोज कार्यक्रममा बनभोजका अतिरिक्त सुदूरपश्चिमेली भाका डेउडा लगायतका साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ ।
बनभोज कार्यक्रमको माध्यमबाट सुदूरपश्चिमेलीहरुबा बीचमा एक आपसमा भेटघाट, दुःख सुख साटासाट, चिनजान गर्नमा सहयोग पुग्ने अपेक्षा गरिएको समाजले जनाएको छ ।
बिदेशमा रोजगारीका कारण व्यस्त रहनु पर्ने भएका कारण यस्तै चाडपर्बको अवसर पारेर सुदूरपश्चिम नेपाली समाज टेक्सासले सुसुदूरपश्चिमेलीलाई एकै स्थानमा जमघट गराउँदै आएको छ ।







