कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि नेपालस्थित अमेरिकी दूतावासले पनि सार्वजनिक धारणा राखेको छ । अमेरिकी दुतावासले सामाजिक संजाल मार्फत प्रेस स्वतन्त्रताका विषयमा संक्षिप्त धारणा राखेको हो ।
अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू भएको उल्लेख गर्दै दुतावासले भनेको छ ‘कठिन सङ्घर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।‘
सिरोहियाको नाम उल्लेख नगरेपनि अमेरिकन दुतावासद्वारा जारी धारणा सिरोहिया पक्राउ सन्भर्वमा नै आएकाले यस बारे धेरैले आ आफ्ना प्रतिक्रिया दिईरहेका छन् ।