हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत “तँ राम्रो कि म राम्रो” दर्शकमाझ ल्याउने तयारी गरेको छ।
लोकप्रिय गायक खुमन अधिकारी र चर्चित गायिका रचना रिमाल को स्वरमा रहेको यस गीतको भिडियो छायांकन नेपालमा सम्पन्न भएको छ। गीतलाई खुमन अधिकारीले संगीत दिएका छन् भने भिडियोको निर्देशन मोहन नेपाली ले गरेका छन्।
यस सांगीतिक प्रस्तुतिको निर्माता किशन रेग्मी रहेका छन्। गीतको भिडियोमा चर्चित मोडलहरू सञ्चिता बुलाखे र सुरेश कोहली को अभिनय तथा आकर्षक प्रस्तुति रहनेछ।

रिपोर्टर्स क्लब अमेरिकाको आधिकारिक YouTube Channel मार्फत यो गीत छिट्टै सार्वजनिक गरिने जनाइएको छ।
यसैबीच गीतको Female Version को भिडियो पनि अमेरिकाको टेक्सासमा छायांकन गर्ने तयारी भइरहेको छ।
तीजको मौलिक संस्कृति, माया, संगीत र मनोरञ्जनलाई समेटिएको यो विशेष प्रस्तुति दर्शक तथा स्रोतामाझ लोकप्रिय हुने विश्वास गरिएको छ।
“तँ राम्रो कि म राम्रो” — छिट्टै तपाईंहरूमाझ आउँदैछ।








