हाम्रो बारेमा
Tuesday, October 27, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

नेपाली समाज टेक्सासको रजत बर्ष उत्सबको रुपमा मनाइयो

Kishan Regmi by Kishan Regmi
October 1, 2023
in अमेरिका विशेष, फोटो फिचर, समाचार
नेपाली समाज टेक्सासको रजत बर्ष उत्सबको रुपमा मनाइयो

ड्यालस, टेक्सास
नेपाली समाज टेक्ससले आफ्नो स्थापनाको रजत जयन्ती उत्सबको रुपमा मनाएको छ । सँस्था स्थापनाको २५ औं स्थापना दिवसको अवसरमा नेपाली समाज टेक्सासले शनिबार युलेशमा भब्य साँस्कृतिक परेड तथा पशुपतिनाथ मन्दिरमा बिशेष समारोहको आयोजना गरेको थियो ।
युलेश स्थित पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरिएको रजत जयन्ती बिशेष समारोहमा बोल्ने बिभिन्न बक्ताहरुले नेपाली समाज टेक्सासले नेपाली समुदायको पुर्याएको योगदानको खुलेरै प्रशंसा गरेका थिए ।
नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षता तथा शब्दिता प्याकुरेलको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि युलेस सिटीकी मेयर लिण्डा मार्टिनले नेपाली समुदायको लागि नेपाली समाज टेक्सासको सकृयता र भूमिका प्रशँसनिय रहेको बताईन । समुदायको हितमा गरिने काममा युलेश सिटी तपाईहरुको साथमा छ । सिटी तपाईहरुलाई आबश्यश सहयोग गर्न तयार छ, मेयर मार्टिनको भनाई रहेको थियो ।

यसै गरि युलेश सिटीका काउन्सिल सदस्य टीका पौडेलले नेपाली समुदायले सन्चालन गरेको नेपालीका लागि नेपाली अभियान उत्कृष्ट रहेको बिचार व्यक्त गर्नु भयो । अहिले नेपाली समुदाय फराकिलो बन्दै गईरहेको बताउदै पौडेलले नेपाली समुदायका अगुवाहरुले आफ्नो क्षमता बढाउदै मूलधारको राजनीतिमा आउनु पर्ने कुरामा जोड दिनु भयो ।
यस्तै पूर्ब अध्यक्षहरुको तर्फबाट शुभकामना दिदै डा. प्रेम अधिकारीले नेपाली समाज टेक्सासले नेपाली समुदायलाई एकताबद्ध बनाउदै लगेको बताउदै नेपाली समुदायबाट टीका पौडेल जस्ता दर्जनौं व्यक्तिहरु उत्पादन गर्नु पर्ने बिचार व्यक्त गर्नु भयो ।
उक्त समारोहमा नेपाली समाज टेक्सास स्थापनाको २५ बर्ष पूरा भएको अवसरमा प्रकाशित गरिएको स्मारिकाको पूर्ब अध्यक्षहरुले सँयुक्त रुपमा बिमोचन गरेका थिए । साथै उक्त अवसरमा नेपाली समुदायको लागि उल्लेखनिय योगदान पुर्याएका करिब ८ दर्जन बढी ब्यक्ति तथा सँस्थाहरुलाई प्रशँसा पत्र प्रदान गरिएको थियो ।

यसै गरि रजत जयन्तीको अवसरमा पशुपतिनाथ मन्दिरबाट करिब २ माईल साँस्कृतिक परेड प्रदर्शन गरिएको थियो । उक्त परेड कार्यक्रममा नेपाली समुदायका बिभिन्न जातीय तथा क्षेत्रीय सँस्थाहरु आ आफ्नो पहिचान सहितको पोशाक, झाँकी तथा व्यानर सहित सहभागिता जनाएका थिए । टेक्सासको प्रचण्ड गर्मीका बीचमा पनि करिब १ हजार ५ सय बढी नेपाली समुदायका महिला, पुरुष, बालबालिका तथा बृद्धहरुले सकृयतापूर्बत सहभागिता जनाएका थिए । साँस्कृतिक परेड कार्यक्रममा टेक्सासको अस्टिन तथा ह्युस्टनबाट पनि नेपाली समुदायको उल्लेखनिग सहभागिता रहेको नेपाली समाज टेक्सासले जनाएको छ । उक्त अवसरमा एचडीएनपी ईन्टरनेशनलले कार्यक्रमका सहभागिहरुलाई पानी तथा चिसो पेय पदार्थको व्यवस्था गरेको थियो ।  कार्यक्रमा ग्लोबल नेपाली पाठशालाका बिद्यार्थीहरुले बिबिध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । रजत जयन्तीका अवसरमा आयोजना गरिएका बिभिन्न कार्यक्रमको व्यवस्थापन गर्न नेपाली समाज टेक्सासका सदस्य बिजय भुसाल, सागर अर्याल, जीवन घिमिरे, जुविन राजभण्डारी लगायत ५० जना भन्दा बढी स्वयंसेवकहरु खटिएको नेपाली समाज टेक्सासले जनाएको छ ।

सन १९९८ मा स्थापना भएको नेपाली समाज टेक्सासले आफ्नो स्थापना भएको रजत जयन्तीको अवसरमा शनिबार नै गजल महफिल कार्यक्रम आयोजना गरिएको थियो । यसअघि नेपाली समुदायको बृहत सहभागितामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

Share657SendTweet411

सम्बन्धित खवर

परदेशमा चाडपर्व आउँदा खुसीभन्दा सम्झना बढी आउँछ – राम प्रसाद अधिकारी

परदेशमा चाडपर्व आउँदा खुसीभन्दा सम्झना बढी आउँछ – राम प्रसाद अधिकारी

by Kishan Regmi
October 20, 2026
0
1.5k

— राम प्रसाद अधिकारी, टेक्सास आज राति काम सकेर घर आइपुग्दा निकै थाकेको थिएँ। तातोपानी पिएँ, केही खानेकुरा खाएँ। त्यसपछि...

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

Next Post
एनआरएनए अमेरिकाज क्षेत्रको सँयोजकमा टेक्सासका अमृत सापकोटाले उम्मेदवारी दिने

एनआरएनए अमेरिकाज क्षेत्रको सँयोजकमा टेक्सासका अमृत सापकोटाले उम्मेदवारी दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • Rivo Casino Irish Luck Slots
  • Casoola vs Concurrenten: Eerlijke Vergelijking
  • À quel point la vérification de Wildies est-elle stricte ?
  • Trixino VIP Dropout Regels
  • High rollers receive personalized account managers through the Messi Casino VIP programme tier system

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।