हाम्रो बारेमा
Monday, July 20, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

नेपाली समाज टेक्सासको रजत बर्ष उत्सबको रुपमा मनाइयो

Kishan Regmi by Kishan Regmi
October 1, 2023
in अमेरिका विशेष, फोटो फिचर, समाचार
नेपाली समाज टेक्सासको रजत बर्ष उत्सबको रुपमा मनाइयो

ड्यालस, टेक्सास
नेपाली समाज टेक्ससले आफ्नो स्थापनाको रजत जयन्ती उत्सबको रुपमा मनाएको छ । सँस्था स्थापनाको २५ औं स्थापना दिवसको अवसरमा नेपाली समाज टेक्सासले शनिबार युलेशमा भब्य साँस्कृतिक परेड तथा पशुपतिनाथ मन्दिरमा बिशेष समारोहको आयोजना गरेको थियो ।
युलेश स्थित पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरिएको रजत जयन्ती बिशेष समारोहमा बोल्ने बिभिन्न बक्ताहरुले नेपाली समाज टेक्सासले नेपाली समुदायको पुर्याएको योगदानको खुलेरै प्रशंसा गरेका थिए ।
नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षता तथा शब्दिता प्याकुरेलको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि युलेस सिटीकी मेयर लिण्डा मार्टिनले नेपाली समुदायको लागि नेपाली समाज टेक्सासको सकृयता र भूमिका प्रशँसनिय रहेको बताईन । समुदायको हितमा गरिने काममा युलेश सिटी तपाईहरुको साथमा छ । सिटी तपाईहरुलाई आबश्यश सहयोग गर्न तयार छ, मेयर मार्टिनको भनाई रहेको थियो ।

यसै गरि युलेश सिटीका काउन्सिल सदस्य टीका पौडेलले नेपाली समुदायले सन्चालन गरेको नेपालीका लागि नेपाली अभियान उत्कृष्ट रहेको बिचार व्यक्त गर्नु भयो । अहिले नेपाली समुदाय फराकिलो बन्दै गईरहेको बताउदै पौडेलले नेपाली समुदायका अगुवाहरुले आफ्नो क्षमता बढाउदै मूलधारको राजनीतिमा आउनु पर्ने कुरामा जोड दिनु भयो ।
यस्तै पूर्ब अध्यक्षहरुको तर्फबाट शुभकामना दिदै डा. प्रेम अधिकारीले नेपाली समाज टेक्सासले नेपाली समुदायलाई एकताबद्ध बनाउदै लगेको बताउदै नेपाली समुदायबाट टीका पौडेल जस्ता दर्जनौं व्यक्तिहरु उत्पादन गर्नु पर्ने बिचार व्यक्त गर्नु भयो ।
उक्त समारोहमा नेपाली समाज टेक्सास स्थापनाको २५ बर्ष पूरा भएको अवसरमा प्रकाशित गरिएको स्मारिकाको पूर्ब अध्यक्षहरुले सँयुक्त रुपमा बिमोचन गरेका थिए । साथै उक्त अवसरमा नेपाली समुदायको लागि उल्लेखनिय योगदान पुर्याएका करिब ८ दर्जन बढी ब्यक्ति तथा सँस्थाहरुलाई प्रशँसा पत्र प्रदान गरिएको थियो ।

यसै गरि रजत जयन्तीको अवसरमा पशुपतिनाथ मन्दिरबाट करिब २ माईल साँस्कृतिक परेड प्रदर्शन गरिएको थियो । उक्त परेड कार्यक्रममा नेपाली समुदायका बिभिन्न जातीय तथा क्षेत्रीय सँस्थाहरु आ आफ्नो पहिचान सहितको पोशाक, झाँकी तथा व्यानर सहित सहभागिता जनाएका थिए । टेक्सासको प्रचण्ड गर्मीका बीचमा पनि करिब १ हजार ५ सय बढी नेपाली समुदायका महिला, पुरुष, बालबालिका तथा बृद्धहरुले सकृयतापूर्बत सहभागिता जनाएका थिए । साँस्कृतिक परेड कार्यक्रममा टेक्सासको अस्टिन तथा ह्युस्टनबाट पनि नेपाली समुदायको उल्लेखनिग सहभागिता रहेको नेपाली समाज टेक्सासले जनाएको छ । उक्त अवसरमा एचडीएनपी ईन्टरनेशनलले कार्यक्रमका सहभागिहरुलाई पानी तथा चिसो पेय पदार्थको व्यवस्था गरेको थियो ।  कार्यक्रमा ग्लोबल नेपाली पाठशालाका बिद्यार्थीहरुले बिबिध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । रजत जयन्तीका अवसरमा आयोजना गरिएका बिभिन्न कार्यक्रमको व्यवस्थापन गर्न नेपाली समाज टेक्सासका सदस्य बिजय भुसाल, सागर अर्याल, जीवन घिमिरे, जुविन राजभण्डारी लगायत ५० जना भन्दा बढी स्वयंसेवकहरु खटिएको नेपाली समाज टेक्सासले जनाएको छ ।

सन १९९८ मा स्थापना भएको नेपाली समाज टेक्सासले आफ्नो स्थापना भएको रजत जयन्तीको अवसरमा शनिबार नै गजल महफिल कार्यक्रम आयोजना गरिएको थियो । यसअघि नेपाली समुदायको बृहत सहभागितामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

Share656SendTweet410

सम्बन्धित खवर

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

by Kishan Regmi
June 4, 2026
0
1.5k

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यका साथ विदेश च्याप्टर गठन प्रक्रियालाई औपचारिक...

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

by Kishan Regmi
April 18, 2026
0
1.6k

अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता”...

Next Post
एनआरएनए अमेरिकाज क्षेत्रको सँयोजकमा टेक्सासका अमृत सापकोटाले उम्मेदवारी दिने

एनआरएनए अमेरिकाज क्षेत्रको सँयोजकमा टेक्सासका अमृत सापकोटाले उम्मेदवारी दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।