हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

‘एनआरएन द सिङगर’ अन्तिम चरणमा प्रवेश

Kishan Regmi by Kishan Regmi
October 10, 2023
in अमेरिका विशेष, मनोरञ्जन
‘एनआरएन द सिङगर’ अन्तिम चरणमा प्रवेश

‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ मूल ध्येय लिएर संचालन भै रहेको रियलिटी शो ‘एनआरएन द सिङगर’ अन्तिम चरणमा प्रवेश गरेको छ । सोमबार राति स्पेस फोर के टेलिभिजनमार्फत उत्कृष्ट १० जनाको प्रस्तुती पछि फाइनलमा प्रतिस्पर्धा गर्ने ५ जनाको टुंगो लागेको हो । यी ५ जनाले अब अक्टोबर १५ तारिखमा काठमाडौंमा हुने ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्ने छन् । उत्कृष्ट १० बाट कर्मा दोङ तामाङ, विष्णु क्षत्री, सुवासचन्द्र पुनमगर, गुना मगर निसु र युक्ती विमलीले ग्रान्ड फिनालेका लागि स्थान पक्का गरेको कार्यक्रम उत्पादक युनिटेकका सुरज राइले जानकारी दिए ।

काभ्रे घर भइ जापान बस्ने ३० वर्षीय कर्मा दोङ तामाङ अहिले जापानमा विद्यार्थी भिसामा रहेर काम गरिरहेका छन् । विदेशमा बसेपनि नेपाली गिस संगीतबाट कहिल्यै टाढा नभएका तामाङले फिनालेमा पुग्नका लागि राजु लामाको चर्चित गीत ‘गाउँकी चेली साह्रै नै राम्री फरिया र चोलोमा झनै राम्री’ बोलको गीत प्रस्तुत गरेका थिए ।

पर्वतमा जन्मिएका विष्णु क्षत्री १५ वर्षदेखि युरोपको नर्वेमा बस्दै आएका छन् । विदेशमा काम गर्दै गर्दा पनि नेपाली गीत संगीतलाई माया गरेका क्षत्रीले त्यहाँ हुने कार्यक्रममा आफ्नो प्रस्तुतीले नेपाली समूदायमा राम्रो छाप छाड्न सफल एनआएन द सिङगरको फाइनलमा पुग्दै आफूलाई फेरि एक पटक अब्बल सावित गरेका छन् । उनले फाइनल पुग्नका लागि रामकृष्ण ढकालको आरोह एल्बमको ‘हिरा काट्ने हिरैमा राखेर’ बोलको गीतलाई सुन्दर ढंगले प्रस्तुत गरेका थिए । भोजपुरमा जन्मिएकी गुना मगर वैदेशिक रोजगारीका लागि कतारको दोहामा रहेकी छिन् । आफ्नो गाउँघर बन पाखालाई सम्झदै कामबाट थोरै फुर्सद हुँदा गीत संगीतका माध्यमबाट आफूलाई विदेशी भूमीमा चिनाउने प्रयास गर्दै गरेकी गुनाले फिनालेमा स्थान बनाउनका लागि इन्डियन आइडल जितेका प्रसान्त तामाङले गोरखा पल्टन चलचित्रका लागि गाएको ‘ज्यान सुहाउन लाको चोली तानसेन बजारैको बोलक’ गीत प्रस्तुत गरिन् ।

बेलायतमा जन्मिएकी युक्ती विमली नेपाली भाषामा पोख्त नभए पनि सानै उमेरदेखि नेपाली संगीतमा भने रुची राख्थिन् । वेलायतमा हुने विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुमा प्रस्तुती दिएको युक्ति विमलीले ग्रान्ड फिनालेमा स्थान बनाउन शिशिर योगीको ‘ छाडेर काम सारा एक मानिस खोजी रहेछु’ बोलको चर्चित राष्ट्रिय गीत प्रस्तुत गरेकी थिइन् ।

रोल्पामा जन्मिएका सुवासचन्द्र पुन मगर परम्परागत सोरठी नाचका गुरु आफ्नै हजुरबुवा र बाबा भएका कारण गीत संगीतमा यिनको रुची बढेको हो । उनी अहिले रोजगारीको शिलसिलामा पोर्चुगलमा रहेका मगरले फिनालेमा स्थान बनाउनका लागि रोहित थापाले गाएको ‘ घर त मेरो यहाँ होइन’ बोलको गीत प्रस्तुत गरेका थिए ।

समग्रमा १० जनाले प्रस्तुती दिएकोमा फिनालेका लागि ५ जना छनोट भएका हुन् । उत्कृष्ट १० बाट ग्रान्ड फिनाले मा पुग्दा ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको अंकले काम गरेको थियो । तर अब ग्रान्ड फिनालेमा ५ जनाबीच प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ पहिलो उपाधि जित्ने छ ।

उपाधि जित्नले नगद रु ५ लाख प्राप्त गर्दा फस्ट रनरअपले रु २ लाख र सेकेन्ड रनरअपले रु १ लाख नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र पाउने एनआरएन द सिङ्गरका प्रमुख संयोजक गोविन्द प्रसाद गौतमले जानकारी दिए । ग्रान्ड फिनाले फिनाले घटस्थापना का दिन असोज २८ गते (अक्टोबर १५) मा काठमाडौंमा आयोजना गरिने कार्यक्रमका उपसंयोजक प्रवीण गुरुङले बताए ।

“प्रवासमा रहेका उत्कृष्ट प्रतिभा पहिचान गरी नेपाली भाषा, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा दर्शकहरुले देखाउनु भएको स्नेहबाट हामी अत्यन्तै उत्साहित भएका छौं,” गैरआवासीय नेपाली संघ (एनआरएनए आइसीसी) का सचिव तथा संघको संस्कृति तथा सम्पदा समितिका अध्यक्ष एवं एनआरएन द सिंङगरका प्रमुख संयोजक गौतमले भने। झन्डै २ वर्ष पहिलेदेखि तयारी गरिएको यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न उनले सबैलाई आग्रह पनि गरे।

एनआरएनएबाट उत्कृष्ट सिंगरको खोजीका लागि जज (निर्णायक) को रुपमा वरिष्ठ गायक तथा सर्जक शम्भु राई (नेपाल), शर्मिला बर्देवा (युके) र रुपककुमार शाही समुदा (अस्ट्रिया) रहेका छन् ।

खल्ती एपबाट कसरी भोट गर्ने ?
आफुले मन पराएका उत्कृष्ट प्रतिभा छनोट गर्न सबै भन्दा पहिले खल्ति एप डाउनलोड गर्नु पर्ने छ। उक्त एप खोले पछि इन्टरटेनमेन्ट सेक्सनमा ‘एनआरएन द सिंगर’ देखिने छ । त्यसपछि आफुलाई मन पर्ने प्रतिस्पर्धीलाई ट्याप गरेर भोट गर्न सकिने छ ।

Share609SendTweet381

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

by Kishan Regmi
September 7, 2026
0
1.5k

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘काले तल तल भो’ सार्वजनिक भएको छ। गायक सञ्जु न्यौपानेको स्वरमा रहेको यस...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

Next Post
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार पाख्रिन र शाहीलाई प्रदान

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार पाख्रिन र शाहीलाई प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।