ग्रेटर अस्टिन नेपाली सोसाईटी( ग्यान्स) को अध्यक्षमा विदुर खतिवडा सर्व सम्मत निर्वाचित भएका छन् । अप्रिल २१ तारिकका दिन टेक्ससमा सम्पन्न ग्यान्सको पाचौं अधिवेशनबाट खतिवडा नेतृत्वको १५ सदस्सिय नयाँ कार्यसमिती निर्वाचित भएको हो ।
निर्वाचित नयाँ कार्यसमिती उपाध्यक्षमा निरोज मानन्धर र अशोक शाही, महासचिवमा विनोद दाहार, सचिवमा प्रदिप चौलागाईं र कोषाध्यक्षमा धिरेन्द्र यादव रहेका छन्
त्यस्तै नयाँ कार्यसमिती सदस्यहरुमा आनन्द यादव, विर्ख बहादुर खत्रि, धर्मेन्द्र यादव, रेशम बहादुर गुरुङ्ग, सुर्य कार्की, सपना रावत, सुजन श्री पोखरेल, सुरज अधिकारी, ईन्दिरा दाहाल, नारायण रिजाल, रमेश खड्का, तिलक भण्डारी, मिथिलेश यादव, टिकामाया गुरुगं र जगदिश पाठक रहेका छन् ।







