अमेरिकाको ओक्लाहोमा २ बालबालिका सहित ५ जनाको रहस्यमय मृत्यु भएको छ । ओक्लाहो प्रहरीका अनुसार सोमबार सहरको दक्षिणपश्चिमी भागमा रहेको एउटा घरमा २ बालबालिका सहित ५ जनाको शव रहस्यमयी रुपमा भेटिएको हो ।
सोमबार विहान घटित यस घटनाको सुचना प्रहरीले विहान ९ ३५ बजे प्राप्त गरेको थियो । प्राप्त सुचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले घर भित्र एकैसाथ ५ जनाको शव फेला पारेको थियो ।
हत्या गर्ने उद्येश्यले नै आक्रमण भएको यस घटनामा मृत फेला परेका ५ जना कै शरिरमा एकै प्रकारको चोटपटक भेटिएको छ भने शवै हत्याको प्रकृति आपसमा मिल्दो जुल्दो छ ।
प्रहरीका अनुसार मृत फेला परेका ५ जनाको आपसी सम्वन्ध तत्काल स्पष्ट हुन नसकेकाले थप अनुसन्धान अघि बढाईएको छ । ५ जनाको एकै घरभित्र मृत्यु हुँदा सुरुमा स्थानियहरुले घर भित्र कार्बन मोनोअक्साइड या अन्य विषदी ग्याँसको कारण हुनसक्ने आशंका गरेपनि प्रहरीले ५ चै जनाको हत्या भएको स्पष्ट पारेको छ ।
एजेन्सी