क्यालिफोर्नियाको लस एन्जलस नजिकै रहेको नर्थरिजबाट ४२ बर्षिया रश्मि अधिकारी बेपत्ता भएपछि उनकी ८० बर्षिया आमा शोकमा डुवेकी छन् । लिगल नाम जोरा जारा रहेकी अधिकारी गत सोमबारबाट हराएपछि खोजिका लागि उनकी बृद्ध आमाले नेपाली समुदायलाई अनुरोध गरेकी हुन् ।
यस विषयबारे पत्रकार सानुबाबु सिलवालद्वारा सार्वजनिक सुचनामा उल्लेख भए अनुसार अनुसार गत सोमबारदेखी हराईरहेकी अधिकारीको बेपत्ता सम्बन्धमा प्रहरी निकायलाई जानकारी गरिसकिएको भएपनि प्रहरीले खाषै रेस्पोन्स नदेखाएपछि उनकी आमाले सहयोगका लागि नेपाली समुदायलाई अनुरोध गर्नु परेको हो ।
बेपत्ता अधिकारीको खोजिका लागि अपिल सहित सम्पर्क नं. सार्वजनिक गरिएको छ । स्थानिय निकाय, मेयर वा कङ्रेस सदस्यलाइ सम्पर्क गरेर पनि हराइरहेकि चेलिको खोजि कार्यमा सहयोग पुर्याइदिन अनुरोध गरिएको सुचनामा जानकारीका लागि ७१३-४९९-०३६६ सम्पर्क गर्न सकिने छ ।







