सैन्य अनुमति बिना प्रेमिकालाई भेट्न रुस पुगेका अमेरिकी सैनिक गोर्डन ब्लाकको हिरासत अवधी लम्ब्याईको छ । यस महिनाको सुरुमा आफ्नी प्रेमिका भेट्न युद्ध ग्रस्त देश रुस पुगेका ब्लाक भ्लादिभोस्टोकमा पक्राउ परेका हुन् ।
दक्षिण कोरियामा भेट भएका यि जोडी प्रेममा परेपछि युवतीकै अनुरोधमा ति युवक रुस गएका थिए । तर उनिहरुविच झगडा भएपछि युवतीले उनि विरुद्ध चोरीको आरोपमा उजुरी दिएकी थिईन् । त्यसपछि पक्राउ परेका उनिमाथीको आपराधिक दुव्र्यवहारको आरोप लागेको छ ।
ब्लाकलाई थप हिरासतमा राखेर अनुसन्धान जारी राखिएको छ । यस अघि उनि हिरासतमा रहँदा न्यायको अपिल सहित उनकी आमाले मौन अनसन समेत बसेकी थिईन् ।
दोभाषे मार्फत अंग्रेजीमा बातचित भै रहेको अनुसन्धानमा उनले चोरी आरोप स्विकारेको उल्लेख छ । ब्लाक र प्रेमिकाले चीन र उत्तर कोरियाको सिमाना नजिकको सुदूर पूर्वी शहर भ्लादिभोस्टोकमा भेट भएको थियो । । अमेरिकी सैनिक ब्लाक दक्षिण कोरियामा तैनाथ थिए । केही दिन विदा लिएर घर जाँदै गरेका उनि प्रेमिकालाई भेटेर अमेरिका जान चाहन्थे । रुसको यात्राको अनुमति नपाएका उनि रुस प्रवेश गर्नु गैर कानुनी थियो । अहिले चोरीको अपराध समेत थपिएको छ ।
उनका वकिलले गत हप्ता उनको हिरासतमा पुनरावेदन गरेका थिए । यस पटक उनको हिरासत कम्तिमा जुलाई २ सम्म रहने अनुमान गरिएको । एजेन्सी







