हाम्रो बारेमा
Sunday, September 20, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

एनआरएनए अमेरिकाका शिर्ष पदाधिकारी संयुक्त बहसमा

Reporterclub America by Reporterclub America
May 23, 2024
in अमेरिका विशेष, एनआरएनए सम्वाद, समाचार
एनआरएनए अमेरिकाका शिर्ष पदाधिकारी संयुक्त बहसमा

सुष्मा देवकोटा

गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको बार्षिक समिक्षा विषयक साक्षात्कार तथा बहस कार्यक्रम सम्पन्न भएको छ । अमेरिकामा स्थापित नेपाली संचार गृह रिपोर्टर्स क्लब अमेरिकाद्वारा आयोजित साक्षात्कार तथा बहस कार्यक्रम एनआरएनए अमेरिकाका अध्यक्ष डा.अर्जुन बञ्जाडे सहितका शिर्ष पदाधिकारीहरुको सहभागितामा सफलतापूर्वक सम्पन्न भएको हो ।

एनआरएनए अमेरिकाका अध्यक्ष डा.बञ्जाडे सहितका शिर्ष पदाधिकारीविच संयुक्त रुपमा साक्षात्कार तथा बहस कार्यक्रममा एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष भानु खरेल, महासचिव रामहरी अधिकारी र कोषाध्यक्ष सरोज सिग्देल अतिथीका रुपमा सहभागी रहेका थिए ।

मेरिल्याण्ड राज्यमामा हुने संघको १३ औं साधारण सभा थप पृथक बनाउने उदेश्यले तयारीमा जुटिरहेको एनसीसी अमेरिकाको सम्पन्न साक्षात्कार तथा बहस कार्यक्रम पनि बर्ष समिक्षासंगै एजिएम केन्द्रित देखिन्थ्यो ।

कार्यक्रममा बोल्दै एनआरएनए अमेरिकाका अध्यक्ष अर्जुन बञ्जाडेले बार्षिक अवधीभरमा आएका चुनौती र हासिल गरेका सफलताका विषयमा जानकारी दिएका थिए । एनआरएनए अमेरिकाले यस बर्ष झेल्नु परेका चुनौतीका विषयमा बोल्दै अध्यक्ष बञ्जाडेले एनआरएनए अन्तराष्टिय समन्यव परिषद् आईसीसीमा भएका विवाद र त्यसले एनसीसीमा सृजना गरेको अन्यौलता, विवादित विषय अदालती प्रकृयामा पुग्दा र अन्तत बर्तमान कार्यसमिति नै खारेज हुँदा सृजना भएका विविध अप्ठ्यारा, अदालतको निर्णय आईसकेपछि पनि आपसमा आएको मतभेद, निर्वाचन गराउने जिम्मा पूर्व अध्यक्ष शेष घलेलाई दिँदा आम सदस्यमा सृजना भएका दुविधा लगायतका सन्धर्वलाई स्मरण गरेका थिए ।

वितेको एक बर्षमा विभिन्न विभाग मार्फत कामको बाँडफाँड गर्दै आईरहेको जानकारी दिंदै बञ्जाडेले यसकै उपलब्धिका रुपमा आयोजना हुँन गै रहेको बार्षिक साधारण सभा तथा ज्ञान सम्मेलन, एनआरएनए क्रिकेट कप, रुप स्मृती कप, बोस्टनमा एनआरएनए कार्यक्रम, नेपाल डे परेड लगायतका कार्यक्रममा नेपाली समुदाय संवद्ध रहे संघले गर्दै आएको प्रत्यक्ष सहकार्यलाई स्मरण गरेका थिए । आयोजित कार्यक्रमहरु प्रति सम्बन्धित राज्यका सिनेटहरुले समेत चासो देखाउँदै आएका सन्धर्व उल्लेख गर्दै उनले गर्व लायक धेरै उपलब्धिहरु भएको बताए ।

त्यस्तै एनआरएनए अमेरिकाका उपाध्यक्ष भानु खरेलले पनि वितेको १ बर्षमा भएका उपलव्धि र आफुले पाएका जिम्मेबारी सम्बन्धमा धारणा राखेका थिए । बर्तमान कार्यसमितीमा हेल्प डेक्स, ईभेस्टमेन्ट र साईन्स टेक्नोलोजी एण्ड ईनरभेसन गरि ३ डिपान्मेन्ट जिम्मा पाएका उपाध्यक्ष खरेलले एनआरएनए एनसीसीकै एउटा महत्वपूर्ण कमिटी साईन्स टेक्नोलोजी एण्ड ईनरभेसन टिमले गरेका विभिन्न गतिविधीहरुको बारेमा जानकारी दिएका थिए । शिक्षा, टेक्नोलोजी लगायतका क्षेत्रमा कार्यरत कमिटीले नै यस पटकको एजिएमको प्राविधिक व्यवस्थापनको जिम्मा लिएको पनि उनले जानकारी दिएका छन् ।

एनआरएनए एनसीसी अमेरिकाका महासचिव रामहरी अधिकारीले पनि बर्ष समिक्षा सहित १३ औं साधारण सभा तथा ज्ञान सम्मेलनको तयारीबारे जानकारी दिएका थिए । साधारण सभामा विधान संसोधन समितीको जिम्मेबारीमा रहेका अधिकारीले चाँडै नै समितिको पुर्णता पाउने र गठित समिती मेम्बरसिप डाईभ, विधान परिमार्जन, चुनावी प्रकृयागत छलफल, ६० जना रहेको कार्यसमिती संरचना हेरफेर, कार्य विभाजनमा थप स्पस्टता लगायतका महत्वपूर्ण विषयमा केन्द्रित रहने जानकारी पनि दिएका छन् ।

त्यस्तै एनआरएनए एनसीसी कोषाध्यक्ष सरोज सिग्देलले एनआरएनएसंग संकलित रकम सदस्यबाट नै प्राप्त रकम भएकाले आवश्यकता अनुसार समुदायका गतिविधीमा संघले लगानी गर्दै आएको जानकारी दिएका छन् ।

बोस्टन, न्यूर्योक, कोलोराडो क्यालिफोर्निया, टेक्सास लगायतका समुदायमा निर्मित तथा निर्माण हुँदै गरेका नेपाली समुदाय लक्षित विकास उपयोगी कार्यमा सो रकम खर्च हुँदै आएको बताउँदै कोषाध्यक्ष सिग्देलले क्यालिफोर्नियामा सम्पन्न बैठकले थप कार्यविधिका लागि अनुमती दिई सकेकाले समुदाय केन्द्रित थप उपलव्धिमुलक योजनाहरु माथी पनि आन्तरिक तयारी भै जानकारी दिएका छन् ।

एनआरएनए अमेरिका मिडिया एण्ड पव्लिकेशन टिमका चियर पत्रकार सतिश चापागाईले नव गठित मिडिया एण्ड पव्लिकेशन समितीको गठनका सन्धर्वमा जानकारी सहित एनआरएनए पदाधिकारी तथा जिम्मेबार पदमा रहेका सम्पूर्णका लागि कार्यकालको बाँकी १ बर्ष काम गर्नका लागि प्राईम टाईम भएको बताएका छन् । अमेरिकाका क्रियाशिल नेपाली मिडिया र मिडियाकर्मीका पक्षमा निरन्तर आवाज उठाउँदै आएका चापागाईंले संचार कर्ममा सहयोग गर्नका लागि एनसीसी अमेरिकाका अध्यक्ष अर्जुन बञ्जाडे लगायतका संस्थागत प्रतिनिधि सकारात्मक रहँदै आएको स्मरण गर्दै अमेरिकामा रहेका नेपाली मिडियाकर्मीले आफ्ना जिज्ञासा र अवस्था संघसम्म लानुपर्नेतर्फ पनि जोड दिएका छन् ।
।

त्यस्तै नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष सुरज भण्डारीले मातृभूमिबाट टाढा रहेका प्रबासीहरुको साझा संस्था एनआरएनए अमेरिका विश्वको एनआरएन मोमेन्टलाई बैचारिक रुपमा नेतृत्व गर्ने संस्था समेत रहेकाले यसका गतिविधीले नेपाली समुदायसंग प्रत्यक्ष सरोकार राख्ने बताएका छन् । एनआरएनए अमेरिकाले बैधानिक सदस्यप्रतिको जिम्मेबारीका रुपमा घोषणा सहित साधारण सभा तथा ज्ञान सम्मेलन राख्नु प्रशंसनिय रहेको बताउँदै अविभावकिय संस्था भएकाले प्रबासी समुदाय र मिडियामा यसको सुस्तता र क्रियाशिलता दुवैले ठुलो अर्थ राख्ने धारणा व्यक्त गरेका छन् ।

नेजाका क्षेत्रिय संयोजक, घण्टेश्वर अनलाईनका संचालक तथा राष्टिय समाचार समितिका टेक्सास संवाददाता संकर थापाले समुदाय बलियो बनाउन मिडिया र मिडिया बलियो बनाउन समुदायको भुमिका रहने स्पष्ट पार्दै भने मिडियाको अवस्थाले समुदायको तस्विर झल्काउँछ । ज्ञान सम्मेलनमा छलफल गरिने मुख्य विषयका बारेमा जिज्ञासा राखेका पत्रकार थापाले आईसीसी र एनसीसीको कानुनत सम्बन्धका बारेमा पनि प्रश्न गरेका थिए ।

रिपोटर्स क्लब अमेरिकाका अध्यक्ष किशन रेग्मीले संचालन गरेको बहस तथा साक्षात्कार कार्यक्रममा पत्रकारहरु संकर थापा, विपिन धिताल, अर्जुन न्यौपाने, भुपेन्द्र भण्डारी, टंकमणी घिमिरे, दिनेश नेपाली, सरु सुनार, बिष्णु हरि घिमिरे, बाबुराम दाहाल लगायतले एनआरएनए पदाधिकारीसंग समुदाय प्रतिनिधि जिज्ञासाहरु राखेका थिए ।

एनआरएनए एनसिसि अमेरिका मिडिया टाक्स फोर्ससंगको सहकार्यमा आयोजित कार्यक्रमको एनआरएनए एनसीसीको फेसबुक मार्फत पनि प्रत्यक्ष प्रासारण गरिएको थियो ।

Share610SendTweet381

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
धार्मिक व्यक्तिबाट भागवत गीता प्रवचन कार्यक्रम

धार्मिक व्यक्तिबाट भागवत गीता प्रवचन कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।