अमेरिकाको न्यूयोर्कमा हुँदै आएको मिस नेपाल नर्थ अमेरिका २०२४ को आवेदन फर्मकोे समय अवधि एक हप्ता थप गरिएको छ । यस अघि मिस नेपाल नर्थ अमेरिका २०२४ को आवेदन फर्म भर्ने अन्तिम मिती मे ३१ तरिकसम्म रहेकोमा नयाँ निर्णय अनुसार एक साता थप गरी जुन ७ तारिक सम्मलाई अन्तिम समय सिमा तोकिएको हो ।
गत फेबु्रअरी ३ तारिकबाट खुल्ला गरिएको आवेदन फर्मको समयावधि थप गरेसंगै नयाँ प्रतिस्पर्धी पनि थपिएका छन् । ड्रिम्स युनिभर्सलको आयोजनामा आयोजित समारोहको ग्राण्ड फिनाले हरेक बर्षहरु झैं यस बर्ष पनि अगष्ट महिनामा हुनेछ । यस बर्ष अगष्ट ३ तारिक शनिबारका दिन मिस नेपाल नर्थ अमेरिका २०२४ को ग्रान्ड फिनाले हुनेछ ।
नेपाली महिलाहरूलाई आफ्नो महत्वाकांक्षा साकार पार्न तथा आत्मसम्मान बृद्धी र अनुकरणीय व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाले पनि मिस नेपाल नर्थ अमेरिका नेपाली समुदायमा मात्र नभई अन्य समुदायमा पनि लोकप्रिय तथा स्थापित प्रतियोगिता बन्न सफल भएको छ ।
गत बर्ष अर्थात मिस नेपाल नर्थ अमेरिका २०२३ को उपाधी जुबली शेर्पाले जितेकी थिईन् भने फस्ट रनरअप रजिला बास्तोला र सेकेण्ड रनरअप ईशा सुवेदी बन्न सफल भएका थिए ।
थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस्