टेक्ससको फोर्थवर्थमा नेपाली महिला दिदीवहिनीहरूबाट संन्चालित Nepalese DIVA's Foundationले साना वालवालिकाहरूको लागि समर कक्षा संन्चालनमा ल्याएको छ।
नेपाली राष्ट्रीय गान “सयौ थुगाँ फूलका हामी….” एकै स्वरमा वालवालिकाको गायनवाट कार्यक्रमको शुरूवात भएको थियो। उक्त कार्यक्रम मा “ फुल को आँखै मा फूलै संन्सार…” जस्ता गित सामूहिक रूपमा उपस्थिति सबैले एकै स्वरले लयात्मक रूपमा गाउदा बालवालिकामा अभिरुचिको सुन्दर सुगन्धको शुभाष फैलिएको थियो ।
नि:शुल्क रूपमा पढाउने उदघोष गर्नु भएका सामाजिक अभियन्ता छवि लाल हुमागाँईले बालबालिकामा नेपाली भाषा राम्रो संग बोल्न लेख्न सिकाउनुको साथै समाज सभ्यता र संस्कारको उन्नत परिभाषा के हो र कसरी लक्ष्यमा पुग्न सकिन्छ ? ति आधारको लागि एउटा जगको पहिलो पाइला भएको उल्लेख गर्नु भएको थियो।
कार्यक्रममा करिब पचास जना वालवालिकाको सहभागिता संगै अभिभावकको समेत उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा NRNA टेक्सस च्याप्टरका महासचिव निश्चल चाँपागाईले शुभकामना सहित यस्ता महत्वपूर्ण सामाजिक कार्यको थालनी गर्नु हुने दिदीवहिनीहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो।
त्यस्तै नेपाली समाज टेक्सासका निबर्तामान् महासचिब सन्देश उप्रेतीले हामी जहाँ भए पनि नेपाल र नेपाली लाई माया गर्नु पर्छ भन्दै शुभकामनाका शव्द रूपी पुष्पगुच्छा व्यक्त गर्नु भएको थियो।
विनिमा भण्डारीले संन्चालन गर्नु भएको उक्त कार्यक्रममा उपस्थिति अभिभावक लगायत महिला अभियन्ताहरूले समाज सेवा गर्न पाउदा ख़ुशी व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रम “Nepali Cultural & Spiritual Pathsala( NCSP) “ मा ४५ दिन सम्म संन्चालन हुने छवि लाल हुमागाँई ले वताउनु भएको छ।