अमेरिकाको टेक्सासमा १० औं अन्तराष्ट्रिय योग दिवस मनाईएको छ । लुम्बिनी सेवा समाज अमेरिकाको आयोजनामा ड्यालसको युलेश स्थित बियर क्रिक पार्कमा जुन २३ तारिक आईतबार बिहान योग शिविर संचालन सहित यस बर्षको अन्तराष्टिय योग दिवस मनाईएको हो ।
कृषि बिकास बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा योग प्रशिक्षक बटुक बिष्टद्वारा योगको वारेमा आधारभूत जानकारी सहित सहभागिहरुलाई योगाभ्यास गराईएको थिए ।
ब्ल्ऋइल् को सहकार्यमुलक समर्थन रहेको योग शिविर आईतबार विहान ६:३० बजेबाट ९ बजेसम्म संचालन गरिएको थियो । संस्थाका अध्यक्ष जगदिश प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न योग शिविरमा जीवनमा योगको महत्वमाथी प्रकाश पारिएको थियो ।
कर्यक्रममा समाजका महासचिव एवं कार्यक्रम संयोजक युधिष्ठिर नेपाल, सचिव टंक अधिकारी लगायतका पदाधिकारी तथा सदस्यहरु साथै नेपाल अमेरिका पत्रकार संघका महासचिव बाबुराम दाहाल, एनआरएनए टेक्सास च्याप्टर पूर्व अध्यक्ष उत्तम लामिछाने लगायत ड्यालस फोर्टवर्थ क्षेत्रका नेपालीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।