अमेरिकाकाको टेक्सासमा गौरापर्व साँगीतिक र साँस्कृतिक प्रस्तुति सहित मनाईने भएको छ । सुदुर पश्चिम नेपाली समाजको आयोजनामा आईतबार टेक्सासको युलेशमा गौरा विषेश कार्यक्रमको आयोजना हुने भएको हो ।
आईतबार विहान ८ बजेबाट नै सुरु हुने गौरा कार्यक्रम चर्चित देउडा गायकद्वय नन्दकृष्ण जोशी र संकर सिंह विष्टको विषेश प्रस्तुती रहने छ । स्थानिय कलाकारहरुको समेत सहभागिता रहने कार्यक्रममा सुदुर पश्चिमका प्रचलित नृत्यहरु तथा देउडा भाकाका विविध स्वाद लिन सकिने छ ।
लिया नृत्य, हुड्क्यौली, देउडा नाच, पञ्चे वाजा, गौरा नाच र सुदुरपश्चिम नाचहरुको समेत प्रर्दशन गरिने मौलिक पर्व गौरा विषेश यस कार्यक्रममा सहभागिताका लागि आयोजक संस्थाले टेक्सासबासी सुदुरपश्चिमेली तथा गैर सुदुर पश्चिमेली संस्कृतिप्रेमी सम्पुर्णमा अनुरोध गरेको छ ।
