अर्जुन न्यौपाने , टेक्सास
मगर संघ अमेरिका टेक्सास च्याप्टरको आयोजनामा जनवरी ११ शनिवारका दिन टेक्ससको अर्भिंगमा शुभकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने तयारी भईरहेको संघले जानकारी गराएको छ । मगर जातिको राष्ट्रिय पर्व माघे संक्रान्तिको अवसरमा आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न वा जगेर्ना गर्ने पवित्र उद्वेश्यले आयोजना गरिएको कार्यक्रममा ख्याति प्राप्त कलाकारहरुको पनि बेजोड प्रस्तुतीका साथै स्वादिष्ट मौलिक खानाका परिकारहरु पनि रहने जनाईएको छ ।
“जहाँ रहे पनि जहाँ बसे पनि नभुलौ हाम्रो मातृभुमीलाइ, जोगाइ राखौ युगौ युग हाम्रो मौलिक कला र सँस्कृतीलाइ” भन्ने श्लोगन सहितको संघको कार्यक्रममा चर्चित बरिष्ठ गायक राजेश पायल राईको बेजोड प्रस्तुति रहने साथमा निकैनै चर्चित मिठो स्वरकी धनी लोक दोहोरी गायिका अमृता लुङ्गेलि मगरको विशेष गीतहरु प्रस्तुति रहने साथमा संगीतकार तथा गायक भिम चापागाईं, लोकदोहोरी गायक छवि राज सुनार, चर्चित गीतकार लिलु गुरुङ अन्य मगर संघ अमेरिका टेक्सास च्याप्टर साँस्कृतिक विभागका अत्यन्तै प्रतिभाशाली कलाकार हरुको प्रस्तुतिसगै नौमती बाजामा लोकदोहोरी प्रस्तुति हुने आयोजकले जनाएको छ । दिउसो ४ बजे देखि राती ११ बजेसम्म हुने कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि अमेरिकाको सबै क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई आमन्त्रणका लागि निमन्त्रणा रहेको मगर संघले जनाएको छ ।