*कविता *
डलरको मोह…
अमेरिका जाने हतारो देख्दा डर लाग्छ,
सपना बेच्ने बजारो देख्दा डर लाग्छ।
नेपाली माटो छोडेर स्वर्ग खोज्नेहरू,
डलरले किन्ने विचारो देख्दा डर लाग्छ।
दालभात र गुन्द्रुक बिर्सिन्छन् परदेशमा,
पिज्जा र बर्गरको प्यारो देख्दा डर लाग्छ।
उड्न चाहन्छन्, तर पखेटा छैनन् अझै,
बिवेक गुमेको अवतारो देख्दा डर लाग्छ।
यहाँ संघर्षले भन्छ— “सजिलो केही छैन,” तर
सपना बुन्ने त्यो नारो देख्दा डर लाग्छ।
पाखुरी बाङ्गिएर मात्र आउँछ जीवन,
तर भाग्यको दोषी संसारो देख्दा डर लाग्छ।
“सपना पूरा हुन्छ,” भन्छन् फर्केका मान्छे,
तर आँसु लुकाउने व्यवहारो देख्दा डर लाग्छ।
- -ईश्वर ढकाल
हाल-डालस, टेक्सास