टेक्सस । अमेरिकामा बसोबास गर्ने नेपाली समुदाय लक्ष्यित नयाँ आई ओ एस मोबाइल एप “ मेरो नेप ” सार्बजनिक गरिएको छ। डब्लु एस एन आईटी कन्सल्टिङ अमेरिकाले सार्बजनिक गरेको यो एपमा फोरम, कन्सल्टिङ, डाइरेक्टरी ,लिस्टिङ , इभेन्ट्स , थ्रेडस लगायत विभिन्न विशेषताहरू समावेश गरिएका छन्।
एप मार्फत प्रयोगकर्ताहरुले फोरममा राइड शेयर , जब सर्च , रुम फाइन्डर इमिग्रेसन , कम्युनिटी अनाउन्समेन्ट , जस्ता सुविधा उपयोग गर्न सक्छन भने डाइरेक्टरी मार्फत नेपाली व्यवसायहरूको सम्पर्क विवरण हेर्न सक्छन ।
यस्तै लिस्टिङ अप्सनमा पुराना तथा नयाँ सामानहरू किनबेच गर्न मिल्ने सुविधा राखिएको छ भने इभेन्ट्स मा अमेरिकामा आयोजना हुन लागेका आगामी नेपाली कार्यक्रमहरूको जानकारी प्रयोगकर्ताले पाउन सक्छन । पाउन सकिने छ।
“मेरो नेप अमेरिकामा बस्ने नेपाली समुदायका लागि निर्माण गरिएको एप हो। विशेषतः यो एप नेपाली विद्यार्थीहरुका लागि निकै उपयोगी हुने अपेक्षा गरिएको छ ।
एप डाउनलोड गर्न यो लिंक प्रयोग गर्न सकिन्छ ।