हाम्रो बारेमा
Monday, September 29, 2025
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home कला\साहित्य

सोह्रौं प्रिज्मा डिसिने अवार्ड सम्पन्न, गिरी र उप्रेतीलाई ‘चलचित्रकर्मी रजत सम्मान’

Kishan Regmi by Kishan Regmi
May 20, 2025
in कला\साहित्य, मनोरञ्जन, सबै समाचार
सोह्रौं प्रिज्मा डिसिने अवार्ड सम्पन्न, गिरी र उप्रेतीलाई ‘चलचित्रकर्मी रजत सम्मान’

काठमाडौं । सोह्रौं प्रिज्मा डिसिने अवार्ड भव्यरुपमा सम्पन्न भएको छ । बुधबार किर्तीपुरको कीर्तिपुर सिनेप्लेक्स सिनेमा हलमा आयोजित भव्य कार्यक्रमका बीच मनोनयनमा रहेका उत्कृष्ट पाँच मध्येबाट सर्वोत्कृष्ट घोषणा गरिएको हो ।
छायाँछवी क्रियसनको प्रस्तुतिमा भएको अवार्डमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथि रहेका थिए । चलचित्र सम्बन्धी विभिन्न २१ विधामा अवार्ड प्रदान गरिएको अवार्डका अध्यक्ष शान्तिप्रियले बताए ।

समारोहमा कलाकार दिपकराज गिरी र अभिनेत्री रेजिना उप्रेतीलाई ‘छायाछवी चलचित्रकर्मी रजत सम्मान’’ अर्पण गरियो । नेपाली चलचित्र क्षेत्रमा २५ वर्षभन्दा बढी समयदेखि पू¥याएको अतुलनिय योगदानको कदर गर्दै गिरी र उप्रेतीलाई सम्मान गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, बिशिष्ट कलाकारद्वय बसुन्धरा भुसाल, चैत्यदेवी लगायतको हातबाट दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । त्यस्तै सञ्चारकर्मी गीता अधिकारी ‘रेखा फिल्म्स् छायाछवि चलचित्र पत्रकारिता पुरस्कार’बाट नगद १६ हजार रुपैयाँ सहित पुरस्कृत भइन् ।

सोहि समारोहमा अन्य गीतसंगीत, चलचित्र क्षेत्रका कलाकार र व्यवसायीलाई सम्मान गरिएको थियो । गायिका अनिता कुवँरलाई छायाँछबि गायनकला सम्मान अर्पण गरियो भने नवीनश्रेष्ठ, निखील बिसी, ओम अग्रवाल र प्रिज्योल भण्डारी छायाँछबि कला सम्मानबाट सम्मानित भए । त्यस्तै छायाँछबि संगीत ब्यबसायी सम्मानबाट शिवराज पौडेल सम्मानित भए ।
अवार्ड कार्यक्रममा चलचित्र अगत्स्यबाट सौगात मल्ल सर्वोत्कृष्ट अभिनेताको अवार्ड उचाले भने केकी अधिकारी प्रसाद २ बाट उत्कृष्ट अभिनेत्री घोषित भएकी भइन् । त्यस्तै, बुलाकी सर्वोत्कृष्ट फिल्म घोषित भयो भने भने दिमाग खराब चलचित्रबाट निश्चल बस्नेतले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारे ।

चलचित्र बुलाकीबाट राजबहादुर सानेले उत्कृष्ट लेखनको अवार्ड हात पार्दा ना·ो गाउँबाट शिशिर वाङदेल सर्वोत्कृष्ट खलपात्र घोषित भए ।
सर्वोत्कृष्ट छाँयाकार बुलाकीबाट शिव ढकाल, ऐंचो पैंचोबाट विपीनमल्ल÷भुपेन्द्र अधिकार सर्वोत्कृष्ट सम्पादक बन्न सफल भए । यसैगरि अर्जुन पोखरेल सर्वोत्कृष्ट संगीतकार उपहार (कहिले बार बिर्सिन्छु), प्रताप दास सर्वोत्कृष्ट पाश्र्वगायक तिम्रो आखाँमा (नाईं नभन्नु ल – ६), दुर्गा खरेल तिमी बदनामी गीतबाट (नीरफुल )सर्वोत्कृष्ट पाश्र्वगायिका, हर्क साउद रीत (जारी), शाश्वत श्रेष्ठले उपहार चलत्रिबाट सर्वोत्कृष्ट पाश्र्व संगीतको अवार्ड हात पारे । उपहार चलचित्रबाटै सञ्जय श्रेष्ठले सर्वोत्कृष्ट ध्वनी मिश्रणको अवार्ड चुमे ।
यस्तै, जारी चलचित्रबाट उपेन्द्र सुब्बा उत्कृष्ट नवनिर्देशक घोषित भने रितेश चाम्सले गोर्खा वारियरबाट उत्कृष्ट नवअभिनेताको अवार्ड उचाल्न सफल भए भने नवअभिनेत्री नीरफुलबाट शान्ती वाइवाको हातमा प¥यो । उत्कृष्ट द्धन्दनिर्देशकको अवार्ड श्री श्रेष्ठले काँडेतारबाट चुमे भने कविराज गहतराजले काले केटाले (ऐंचोपैंचो) बाट सर्वोत्कृष्ट नृत्य निर्देशकको अवार्ड हात पारे । यसैगरि अगत्स्यबाट नाजीर हुसेन सर्वोत्कृष्ट सह–अभिनेता घोषित भए भने उपहारबाट अभिनेत्री पूजा शर्मा सह–अभिनेत्री ठहरिन् । नवअभिनेता जुरी अवार्ड बुलाकी चलचित्रबाट बिराज विष्टले उचाले ।
अवार्डका लागि चलचित्र सेलेक्सन कमीटीको जुरीमा शोभा पाण्डे, राजन खरेल र कमल एक्चै मगर रहेका थिए । मोहन निरौलाको संयोजनमा बनेको अवार्डको जुरी मण्डलमा बिजय रत्न तुलाधर, सन्तोष श्रेष्ठ शोभीता सिंखडा रहेका थिए । कार्यक्रममा वरिष्ठ गायिका देविका बन्दना, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, अभिनेता गजित विष्ट, प्रिज्मा टेलिभिजनका अध्यक्ष निर्जल श्रेष्ठ, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचारकर्मी निराजन भण्डारीले संचालन गरेका थिए भने कार्यक्रममा अस्मिता पुरी र सुरेन बसेलको नृत्य समूहले सांगीतिक प्रस्तुति दिएका थिए ।

Share608SendTweet380

सम्बन्धित खवर

ब्लड डोनर्स अमेरिका (बिडिए) टेक्ससको तेस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

ब्लड डोनर्स अमेरिका (बिडिए) टेक्ससको तेस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

by Kishan Regmi
September 7, 2025
0
1.6k

राम प्रसाद अधिकारी, टेक्सस – ब्लड डोनर्स अमेरिका (बिडिए) टेक्सस राज्यको तेस्रो सम्मेलन शनिबार रमाइलो इभेन्ट सेन्टरमा सम्पन्न भएको छ।...

डालसमा मोमो फेस्टिवल २०२५ हुने

डालसमा मोमो फेस्टिवल २०२५ हुने

by Kishan Regmi
August 31, 2025
0
1.6k

अमेरिकाको टेक्सास राज्यस्थित इरभिङ सहरमा यस वर्ष पनि नेपाली समुदायले भव्य रूपमा मोमो फेस्टिवल २०२५ आयोजना गर्ने भएको छ। दशैं-तिहारको...

रेखा जोशी र रबि ओडसँगै गौरा पर्व २०८२ – टेक्सस

रेखा जोशी र रबि ओडसँगै गौरा पर्व २०८२ – टेक्सस

by Kishan Regmi
August 27, 2025
0
1.5k

यस वर्षको गौरा पर्व भदौ १५ गते अर्थात् अगस्ट ३१ तारिखमा परेको छ। सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्व गौरा मनाउनका लागि...

Next Post
पुजार सार्की’ बाट लन्डनमा नेपाली चलचित्र महोत्सव शुभारम्भ

पुजार सार्की’ बाट लन्डनमा नेपाली चलचित्र महोत्सव शुभारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • ब्लड डोनर्स अमेरिका (बिडिए) टेक्ससको तेस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन
  • डालसमा मोमो फेस्टिवल २०२५ हुने
  • रेखा जोशी र रबि ओडसँगै गौरा पर्व २०८२ – टेक्सस
  • एनआरएनए एनसीसी अमेरिका प्रवक्तामा द्रोण गौतम नियुक्त
  • अर्भिंगमा ‘MoMo Festival 2025’ दशैंतिहार मेला आयोजना हुने

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।