हाम्रो बारेमा
Friday, October 2, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

अध्यक्ष र महासचिवको मतभेदले एनआरएनए अमेरिकाको सदस्यता वितरण विवादमा

Kishan Regmi by Kishan Regmi
May 22, 2025
in अमेरिका विशेष, एनआरएनए सम्वाद, प्रवास, मुख्य समाचार
अध्यक्ष र महासचिवको मतभेदले एनआरएनए अमेरिकाको सदस्यता वितरण विवादमा

हरेक बर्ष निर्वाचन केन्द्रित आपसी विवादमा रहँदै आएको गैर गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी अमेरिका) यस पटक पनि सदस्यता वितरण सुरु नहुँदै आन्तरिक मतभेदमा उत्रिएको छ ।

एनआरएनए अमेरिकाको असन्न निर्वाचन २०२५-०२७ का लागि सदस्यता वितरण खुल्ला गरिएको सुचना सार्वजनिक भए लगत्तै एनसीसी अध्यक्ष अर्जुन बञ्जाडेले यस निर्णयमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै आफ्नो नाम सार्वजनिक सुचनाबाट हटाउन आग्रह गरेपछि पुन एनआरएनए अमेरिकका यो पटक पनि दुई खेमामा रहेको स्पष्ट भएको छ ।
एनआरएनए सचिवालयका नामबाट जारी सुचना सम्बन्धमा स्वयं अध्यक्षले आफुले यस कामका लागि स्वकृति नदिएको भन्दै, यस प्रकारको कार्य संस्थागत नियमको उल्लङ्घन अन्तरगत पर्ने बताएपछि सुचनालाई आधिकारिक मान्ने या नमान्ने भन्नेबारे यो पटक पनि अन्यौलता सृजना भएको छ ।

एनसीसी अध्यक्ष बञ्जाडेले सार्वजनिक सुचनामा गएर महासचिव रामहरी अधिकारीको नाम नै उल्लेख गरेर संस्थागत नितिप्रति ध्यानाकर्षण गराउँदै कृपया मेरो सहमति बिना मेरो नाम प्रयोग नगर्नुहोस् भनेपछि यतिबेला यस विषय एनआरएएनए संवद्ध अमेरिकाबासीका लागि चर्चा र चासोको विषयम बनेको छ । सचिवालयबाट सार्वजनिक भएको सुचना आधिकारिक नभएको जानकारी अध्यक्षले दिँदै महासचिवको नाम नै किटान गरेपछि एनआरएनए अमेरिका भित्र अध्यक्ष र महासचिव बिच बैचारिक मतभेद रहेको सार्वजनिक रुपमा स्पष्ट भएको छ ।

सदस्यता दर्ता संघको आफ्नै पोेर्टल मार्फत गर्न सकिने व्यवस्था गरिएको बताउँदै अनलाईन लिंक पनि सार्वजनिक गरेको एनसिसि सचिवालयले सदस्यता प्रमाणीकरण प्रक्रिया संचालन सदस्यहरुको नाम पदिय रुपमा सार्वजनिक गरेको थियो । जसमा अध्यक्ष डा. अर्जुन बञ्जाडेको नाम शिर्ष स्थानमा छ भने युवा संयोजक तेज पौडेल, बोर्ड अफ डाइरेक्टर दुर्गा तिवारी, बोर्ड अफ डाइरेक्टर लक्ष्मण दर्लामी र जर्जिया च्याप्टर अध्यक्ष, कपिल शरण वाग्लेको नाम सदस्यता प्रमाणीकरण समुहमा उल्लेख छ ।

प्रमाणीकरण तथा अनुगमन समिति औपचारिक रूपमा गठन नभएसम्मका लागि लागू हुने भन्दै सार्वजनिक उक्त सुचनामा दर्ता प्रक्रिया सहज र जानकारीमूलक बनाउन आवश्यक भिडियो सामग्री पनि उपलब्ध गराइएको छ । सदस्यताका लागि अनलाईन फारमको लिंक सार्वजनिक सो सुचनामा थप जानकारीको लागि सचिवालयमा प्रत्यक्ष सम्पर्क गर्न सकिने समेत उल्लेख छ ।

आफू पनि सदस्य बनौं, अरूलाई पनि सदस्य बन्न प्रेरित गरौं१ भन्ने नारा सहित सदस्यता वितरण खुल्ला भएको जानकारी गराएको सचिवालयको सुचना नै अध्यक्षले सार्वजनिक रुपमा अनाधिकारिक भनेपछि खुल्ला गरिएका सदस्यता वितरण अनलाईन लिंकका पाना समेत खालि रहेका छन् । यसरी हरेक बर्ष निर्वाचनको चहलपहल नै विवादित छविबाट हुनु समग्र गैर आवासिय नेपालीको विश्वासमाथिको सवाल हो । आन्तरिक असन्तुष्टि र बैचारिक मतभेदबारे संस्थागत छलफलबाट समाधान गरेपछि मात्र यस प्रकारका सुचना सार्वजनिक गर्न सकेको भए अध्यक्ष र महासचिवको सम्बन्ध पनि सामाजिक संजालमा पोखिने मौका पाउने थिएन भने पुराना सदस्य तथा नयाँ सदस्यताको तयारीमा रहेका नेपालीहरु माझ पनि अन्यौलताको वातावरण बन्न पाउने थिएन ।

Share623SendTweet389

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
टेक्ससको स्वास्थ्य मेलाबाट ३५० नेपाली प्रत्यक्ष लाभान्वित

टेक्ससको स्वास्थ्य मेलाबाट ३५० नेपाली प्रत्यक्ष लाभान्वित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।