हाम्रो बारेमा
Sunday, September 20, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

‘एकता, सहमति र जबाफदेहिता, सबल र समावेशी एनआरएनए:  हाम्रो प्रतिबद्धता’- भानु खरेल

Kishan Regmi by Kishan Regmi
August 2, 2025
in अमेरिका विशेष, एनआरएनए सम्वाद, प्रवास, मुख्य समाचार
‘एकता, सहमति र जबाफदेहिता, सबल र समावेशी एनआरएनए:  हाम्रो प्रतिबद्धता’- भानु खरेल

भानु खरेल नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सास राज्य स्थित आफ्नै निवासमा थिए।  नेपालमा भूकम्प गएको खबर सुनेपछि तुरुन्तै भानु लगायत टेक्सासमा रहेका युवाहरूले  औषधि तथा अत्यावश्यक राहत सामग्री सङ्कलन गरे। राहत र पुनर्निर्माण सहयोगका लागि कोष सङ्कलन कार्यक्रम पनि सञ्चालन गरे ।  त्यस पछि चिकित्सक, नर्स, सेनाका इन्जिनियर र  अन्य स्वयंसेवकहरूसहितको टोली नेपाल प्रस्थान गर्‍यो ।
“नेपाल पुगेपछि हामीले अमेरिकाबाट ल्याएका औषधि तथा अन्य सामग्री व्यवस्थापन गर्नका लागि एक अस्थायी कार्यालय स्थापना गर्‍यौँ। हामीले एउटा टोली गठन गर्‍यौँ जसले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूको जानकारी सङ्कलन गर्ने, आवश्यक सामग्री जोहो गर्ने, सवारी साधन तथा सुरक्षा (प्रहरी, सेना, स्थानीय स्वयंसेवक) निकायसँग  समन्वय गर्ने कार्य गर्थ्यो,” भानु सम्झँदै भन्छन्।

उक्त  ‘लजिस्टिक सहयोग टोली’ ले अन्य देशबाट आएका स्वयंसेवकहरूलाई समेत सहयोग गर्‍यो ।  छोटो समयमै अमेरिकाबाट गएको टोलीले  काठमाडौँ, नुवाकोट, भक्तपुर, गोरखा, सिन्धुपाल्चोक लगायतका विभिन्न जिल्लामा २३ वटा मिसन सञ्चालन गर्‍यो । ” हामीहरूले राहत र उद्धार कार्यमा सक्दो सहयोग गर्‍यौँ।  केही रकम विद्यालयहरूको पुनर्निर्माणका लागि पनि दियौँ,” स्मृतिका पोका खोतल्दै भानु भन्छन्।  “प्रवासमा रहँदा आफ्नो जन्म भूमिमा ठूलै समस्या परे मन भावुक हुँदो रहेछ।  म मात्रै हैन, अमेरिकाबाट कैयौँ साथीहरू आफ्नो कामबाट बिदा लिएर, व्यवसाय छाडेर हप्तौँ नेपालमा खट्नु भयो। “

अमेरिका फर्किएपछि पनि काठमाडौँस्थित कार्यालयमार्फत केही वर्षसम्म निरन्तर रूपमा  सहयोग जारी रह्यो  । केही महिनापछि, जाडो याममा प्रभावित क्षेत्रका परिवारहरूलाई सहयोग गर्नको लागि भानुले फेरि अभियान चलाए। “टेक्सासवासी नेपालीहरूको सहयोगमा हामीले  झन्डै ४० लाख रुपैयाँ सङ्कलन गर्‍यौँ  र नेपालमा २५०० परिवारलाई निःशुल्क सिरक र लुगाहरू वितरण गर्‍यौँ,” भानुले भने।

कोभिड १९ को महामारीले अमेरिका मात्रै हैन सारा संसार नै ठप्प पारि दियो।  सामाजिक काममा सधैँ सक्रिय भानु टेक्सास स्थित नेपाली समुदायको सेवामा खटे ।  त्यस्तै आर्थिक सहयोग सङ्कलन गरेर अक्सिजन कन्सनट्रेटर लगायतका उपकरण किन्न नेपाल पठाए।  नेपालमा छिटो खोप पठाउनु पर्छ भनेर लबी गरे।

त्यसो त भानु अमेरिकामा आएदेखि नै नेपाली समुदायमा  सक्रिय रूपमा संलग्न रहे  ।  जर्जियाको एटलान्टामा उनले  नेपाली युवाहरूको संस्था गठन गर्न नेतृत्वदायी भूमिका खेले, जसको नाम अहिले  ‘नेपाली एसोसिएसन इन जर्जिया’ रहेको छ । उनी नेप्लिज एसोसिएसन इन साउथईस्ट अमेरिकाका सहायक महासचिव, एनआरएनए टेक्सास च्याप्टरका अध्यक्ष (२०१५–२०१७) र नेपाली सोसाइटी अफ टेक्सासका महासचिव (२०१७–२०१९) समेत भइसकेका छन्। हाल उनी एनआरएनए एनसीसी यूएसएका उपाध्यक्ष हुन् र विभिन्न सामुदायिक परियोजनामा सक्रिय छन्। उनी ड्यालस एभरेस्ट लायन्स क्लबका सदस्य र ब्लड डोनर्स अफ अमेरिकाका आजीवन सदस्य पनि हुन्। साथै, उनी ड्यालस टेक्सासस्थित नेपाली मन्दिरका एक जना संस्थापक सहयोगी तथा मानार्थ ट्रस्टी पनि हुन्।

एनआरएनए टेक्सास च्याप्टरका अध्यक्षको रूपमा कार्यरत रहँदा उनले ‘एनआरएनए हेल्पडेस्क हटलाइन’, रोजगार मेला, करियर काउन्सिलिङ, व्यावसायिक सञ्जाल विस्तार र पहिलो तथा दोस्रो पुस्ताका आप्रवासी नेपालीहरूका लागि सामाजिक कार्यक्रमहरू सुरु गरी संस्थाको प्रतिष्ठा अभिवृद्धि गरे। भानुले अमेरिकी राजनीतिमा  नेपाली समुदायको सहभागितामा वृद्धि गर्न  जनगणना तथा मतदाता दर्ता अभियान सञ्चालन गरे जसको परिणामस्वरूप टेक्सासको युलेस सिटी काउन्सिलमा पहिलो पटक एक जना नेपाली प्रतिनिधि निर्वाचित भए। आफूलाई एक  सामाजिक उद्यमी भन्न रुचाउने भानुले नेपालमा रोजगारी सिर्जना गर्न हस्पिटालिटी, जलविद्युत् र सूचना प्रविधि क्षेत्रमा लगानी गरेका छन्। उनले यी क्षेत्रमा नेपाली कामदारका लागि अपार सम्भावना रहेको विश्वास गर्छन्।

चितवनदेखि अमेरिकासम्म
चितवनको भरतपुरमा जन्मिएका भानु  खरेल सन् १९९७ मा १७ वर्षको उमेरमा विद्यार्थीको रूपमा अमेरिका आएका थिए । उनले जर्जियाको डेभ्री युनिभर्सिटीबाट कम्प्युटर इन्फरमेसन सिस्टममा स्नातक र सदर्न पोलिटेक्निक स्टेट युनिभर्सिटीबाट इलेकट्रिकल इन्जिनियरिङ टेक्नोलोजीमा स्नातकोत्तर गरे । अमेरिकामा पहिलो पुस्ताको नेपाली विद्यार्थीको रूपमा उनले धेरै चुनौती सामना गरे, जसले उनलाई जीवनमा धेरै कुरा सिकायो  ।

अध्ययनपछि खरेलले विगत २० वर्षदेखि अमेरिकाका ठूला कर्पोरेट हाउसहरूमा आइटी प्रोजेक्ट म्यानेजर, सिस्टम एनलिस्ट, सोलुसन आर्किटेक्टको रूपमा ठूल्ठूला  प्रोजेक्टको नेतृत्वकर्ताको रूपमा काम गरेका छन् । सामाजिक क्षेत्रमा पनि उनको लामो अनुभव छ । खरेलले टेक्सासमा सञ्चालित नेपाली पाठशाला, समर क्याम्प, हेल्थ क्याम्प, नेपालको भूकम्प पीडितका लागि राहत प्रयास, टेक्सासको नेपाली मन्दिरको संस्थापक सदस्य, लायन्स क्लब, अमेरिकन रेडक्रस, र नेपाल जर्नीजस्ता संस्थाहरूमा विभिन्न भूमिकामा काम गरेका छन् । नेपालमा रोजगारीमूलक परियोजनाहरू सञ्चालन गर्दै उनले हरेक वर्ष ३–४ पटक नेपाल भ्रमण गरी ती परियोजनाको अनुगमन पनि गर्ने गरेका छन् ।

समुदायको सेवाकै लागि एनआरएनएमा

समुदायको सेवाकै लागि एनआरएनएमा  सक्रिय बनेका भानु  सन् २०१७–२०१९ मा एनआरएनए टेक्सास च्याप्टरको अध्यक्ष र सन् २०२३–२०२५ मा एनआरएनए एनसीसी अमेरिकाको उपाध्यक्षका रूपमा काम गरिरहेका छन्।
२०२५-२७ का लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको अध्यक्षका उम्मेदवार बनेका भानु खरेलले नेपालीहरू जहाँ रहे पनि नेपाली नै रहने बताउँछन्  । साथै उनले विदेशी भूमिलाई कर्मथलो बनाएर बसेका नेपालीहरूको पहिचान र एकतालाई जोड दिँदै यो संस्थालाई अमेरिकाभरि रहेका नेपालीहरूको साझा चौतारी बनाउनकै लागि आफू नेतृत्वका गर्न तयार रहेको पनि बताए   ‘जे–जस्तो कारणले विदेश आए पनि हामी पहिला नेपाली हौँ । हाम्रो संस्कृतिले जहाँ रहे पनि सबैलाई समेटेर, एक अर्काको दुःख–सुखमा सहभागी भएर बाँच्न सिकाएको छ,’ उनले भने।

गैर आवासीय नेपाली संघको जुन मर्म र उद्देश्य थियो त्यो कता कता गलत बाटोमा हिँडेको आफूले महसुस गरेको भन्दै आगामी दिनमा त्यसलाई करेक्सन गरेर अघि बढ्ने पनि उनले प्रस्ट पारे । ‘त्यसका लागि म अहोरात्र खटिनेछु,’ उनले भने ।
यही अगस्ट १६-१७ तारिखमा हुन लागेको चुनावमा अध्यक्ष पदका उम्मेदवार खरेलले संस्थागत एकता र नेपालीको पहिचान प्रवर्द्धन नै आफ्नो मूल एजेन्डा भएको बताए । ” म निर्वाचित भएँ भने एनआरएन नागरिकताको कार्यान्वयन गर्दै  वंशजको नेपाली नागरिकताको निरन्तरताका लागि पहल  गर्ने छु।   ज्ञान र अनुभवहरू साझा गर्नका लागि बलिया प्लेटफर्महरूको  स्थापना गर्नुका साथै  पारदर्शिता र जबाफदेहितामा आधारित पद्धति लागू गर्ने छु।  संस्थामा एकता र समावेशिताको प्रवर्द्धन गर्दै  युवा र महिलालाई प्रोत्साहन गर्ने छु,” उनले भने।  ‘तपाईँ–हामीले चाहेजस्तो संस्था बनाउन म विश्वस्त छु। तपाईँहरूको भोटलाई उच्च सम्मान गर्नेछु र समुदायको हितमा मेरो समय खर्चिनेछु,’ उनले भने ।

उनले आफ्नो प्राथमिकता  नेपाली समाजमा व्याप्त समस्याहरूको न्यूनीकरण गर्नु रहेको बताए । उनको लक्ष्य अमेरिकामा रहेका नेपाली समुदायका सदस्यहरूलाई यहाँको मूल प्रवाहमा समाहित गराउनु रहेको छ । ‘दीर्घकालीन र दूरगामी महत्वका विषयहरूमा हाम्रो समाजलाई केन्द्रित गराउन मेरा एजेन्डाहरूलाई  अक्षरशः कार्यान्वयन गर्दै जानेछु,’ उनले थपे ।

‘एकता, सहमति र जबाफदेहिता, सबल र समावेशी एनआरएनए:  हाम्रो प्रतिबद्धता’ मूल नाराका साथ चुनावी अभियानमा होमिएका  खरेलले अमेरिकाका विभिन्न राज्य र सहरहरूमा पुग्दा नेपाली समुदायबाट पाएको माया, सहयोग, सुझाव र समर्थनले आफूलाई थप कटिबद्ध बनाएको पनि बताए ।

Share672SendTweet420

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
भानु खरेलद्वारा अध्यक्ष पदका लागि औपचारिक उम्मेदवारी घोषणा – NRNA NCC USA (2025–2027)

भानु खरेलद्वारा अध्यक्ष पदका लागि औपचारिक उम्मेदवारी घोषणा – NRNA NCC USA (2025–2027)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।