नेपाली समाज, टेक्सास (NST) को आगामी २०२६–२७ कार्यकालका लागि उत्तम कार्कीले युवा तथा विद्यार्थी संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। समाजका विविध कार्यक्रम र समुदाय–केन्द्रित पहलहरूमा संलग्न कार्कीले आफू “सक्षम नेतृत्व, समावेशी समाज र एकीकृत समुदाय” का एजेन्डासहित अगाडि बढेको जानकारी दिएका छन्।
उनले युवा तथा विद्यार्थी समुदायलाई सशक्त बनाउँदै समाजमा अझै सक्रिय, पारदर्शी र सबैलाई समेट्ने वातावरण निर्माण गर्नु आफ्नो प्राथमिकता हुने बताए।
उम्मेदवारी घोषणासँगै कार्कीले आगामी डिसेम्बर १३, २०२५ मा हुने निर्वाचनमा सबै सदस्यहरूलाई जिम्मेवार नेतृत्व चयनका लागि आह्वान गर्दै आफ्नो पक्षमा समर्थन र मत प्रदान गर्न अनुरोध गरेका छन्।








