हाम्रो बारेमा
Friday, September 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home समाचार

टेक्सासको युलेशमा आयोजना गरिएको एक हप्ते समर क्याम्पबाट दुई सय बढी नेपाली बालबालिका लाभान्वित

Reporterclub America by Reporterclub America
September 26, 2023
in समाचार
टेक्सासको युलेशमा आयोजना गरिएको एक हप्ते समर क्याम्पबाट दुई सय बढी नेपाली बालबालिका लाभान्वित


5039
SharesShare on FacebookShare on Twitter

युलेश, टेक्सास
नेपाली समाज टेक्सास, नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र र ग्लोवल नेपाली स्कुलद्वारा टेक्सासको युलेशमा सन्चालित गरिएको साँस्कृतिक तथा अध्यात्मिक सम्बन्धि एक साता लामो समर क्याम्प शनिबार सम्पन्न भएको छ ।
टेक्सासको युलेश स्थित पशुपतिनाथ बुद्ध मन्दिरको सभाकक्षमा सन्चालन भएको उक्त शिविरमा ड्यालस÷फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायका १ सय ७४ वालवालिका र ५४ जना वालवालिका स्वयँसेवकहरुको सहभागिता रहेको थियो ।
उक्त शिबिरको समापन कार्यक्रममा बोल्दै शिबिरका प्रमुख प्रशिक्षक तथा अन्तराष्ट्रिय आध्यात्मिक गुरु डाक्टर चिन्तामणीनाथ योगीले प्रवासमा नेपालीहरुका बीचमा एकता र भातृत्वको भावना हुनु पर्ने खाँचो औंल्याउनु भयो ।
हामीले मन्दिर त बनायौं तर मन जोड्न बाँकी छ । मन जोड्नका लागि एकता र भातृत्वको भावना हुनु पर्दछ । अध्यात्मिक हुनु पर्दछ । मन शुद्ध हुनु पर्दछ । त्यसैले नयाँ पुस्तालाई अध्यात्मिक ज्ञान दिनु पर्दछ, डा. योगीले बताउनु भयो ।
हामी प्रवासा बडो दुःख गरेर सम्पत्ति आर्जन गरिरहेका छौं । सम्पत्ति रहेर सन्तती नरहे सम्पत्तिको कुनै अर्थ छैन । त्यसैले अहिले देखि नै असल सन्तती बनाउनका लागि उनिशरुलाई धार्मिक, साँस्कृतिक तथा अध्यात्मिक ज्ञान दिनु पर्ने अन्तराष्ट्रिय आध्यात्मिक गुरु डाक्टर चिन्तामणीनाथ योगीको जोड थियो ।
नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षता तथा ग्लोवल नेपाली स्कुलका सँयोजक भोजबहादुर बलायरको सन्चालनमा सम्पन्न समापन कार्यक्रममा बोल्दै युलेश सिटी काउन्सिलका सदस्य टीका पौडेलले नेपाली समुदायमा अभाव देखिएको धार्मिक, साँस्कृतिक तथा अध्यात्मिक ज्ञान समर क्याम्पले केही हद सम्म पुरा गरेको धारणा ब्यक्त गर्नु भयो । समर क्याम्पलाई आगामी दिनमा अझ व्यवस्थित बनाउदै प्रभावकारी बनाउनु पर्ने कुरामा पौडेलले जोड दिनु भयो ।
नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रका ट्रस्टीका अध्यक्ष रमेश पोखरेलले नयाँ पुस्तालाई नेपालसँग जोड्नका लागि साँस्कृतिक तथा अध्यात्मिक ज्ञानको आबश्यकता रहेको चर्चा गर्दै आगामी दिनमा शिबिरलाई अझ व्यवस्थित गर्न प्रयास गरिने बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले ग्लोबल नेपाली स्कुल र समर क्याम्प नेपाली समाज टेक्सासको प्रमुख कार्यक्रम भएकाले नेपाली समुदायको सल्लाह सुझावका आधारमा अझ स्तरीय परिस्कृत बनाउदै लैजाने बताउनु भयो ।
कार्यक्रममा सहभागि बालबालिकाहरु त्था शिबिर व्यवस्थापनमा सहयोग गर्ने स्वयँसेवकहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो । भने उत्कृष्ट ५ जना स्वयँसेवकलाई अवार्ड बितरण गरिएको नेपाली समाज टेक्सासले जनाएको छ ।शिबिरमा सहयोग गर्ने बिभिन्न सँस्था तथा ब्यक्तिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
समापन कार्यक्रमका अवसरमा बिबिध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनु साथै पन्चे वाजाको प्रदर्शन सहित मन्दिर परिक्रमा गरिएको थियो ।
उक्त शिविरमा अन्तराष्ट्रिय आध्यात्मिक गुरु डाक्टर चिन्तामणीनाथ योगीद्वारा अध्यात्मिक जागरण सम्बन्धि प्रेरक कथाहरु, योगा तथा ध्यान लगायतका बिभिन्न नेपाल चिनाउने धार्मिक, साँस्कृतिक, आध्यात्मिक ज्ञान दिनुका साथै मनोरन्जन, कथा बाचन, भजन,नृत्य, पेन्टिङ, आपतकालिन चिकित्सा जागरण, साथी बनाउने, आत्मबल बिकास, कलेजको लागि बचत सँकलन जस्ता बिषयमा जानकारी दिईएको ग्लोबल नेपाली स्कुलका सँयोजक भोजबहादुर बलायरले जानकारी दिनु भयो ।

Share611SendTweet382

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

Next Post
एनआरएनए टेक्सास च्याप्टरलाई हरेक क्षेत्रमा उत्कृष्ट बनाउने उम्मेदवारहरुको प्रतिबद्धता

एनआरएनए टेक्सास च्याप्टरलाई हरेक क्षेत्रमा उत्कृष्ट बनाउने उम्मेदवारहरुको प्रतिबद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।