ड्यालस, टेक्सास
गैरआवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अन्तरगत टेक्सास च्याप्टर अध्यक्ष पदका उम्मेदवारहरुले टेक्सास च्याप्टरलाई हरेक क्षेत्रमा सशक्त बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन ।
रिपोर्टस क्लब अमेरिकाद्वारा आज युलेश स्थित एक रेष्टेरेन्टमा आयोजना गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवारहरुले च्याप्टरलाई बलियो र उत्कृष्ट बनाउने दूर दृष्टि आफुहरुसँग रहेको दावी गरेका थिए ।
कार्यक्रममा बोल्दै च्याप्टर अध्यक्ष पदमा प्रत्यासी प्रयास बास्तोलाले आफु लामो समय देखि नेपाली समुदायका बीचमा काम गरेकाले नेपाली समुदायका साझा सवालहरुको वारेमा जानकार रहेको बताउनु भयो । आफुले नेपाली समुदायका वास्तविक समस्यामा आधारित भएर प्रतिबद्धता निर्माण गरेको बताउदै आफु च्याप्टर अध्यक्षमा निर्बाचित भएमा आफ्नो अनुभव र बिज्ञतालाई नेपाली समुदायको सेवामा खर्चिने बताए ।
यसैगरि अध्यक्ष पदका अर्का प्रत्यासी प्रदीप चौलागाईले आफ्ना एजेण्डा नै एनआरएनएको एजेण्डा भएको बताए । समुदायको पक्षमा काम गर्नका लागि सँस्था हरेक क्षेत्रमा सुदृढ हुनु पर्ने बताउदै वार्षिक रुपमा योजना निर्माण गरेर सेवामूलक, जानकारीमूलक, शिक्षामूलक काम गर्ने प्रतिबद्धता व्यक्त गरे । आफु अध्यक्ष पदमा निर्बाचित भएपछि नेपाली समुदायलाई सही सूचना प्रवाह गर्ने, सँस्थालाई हरेक क्षेत्रमा सुदृढ बनाई गैरआवासीय नेपालीको आकर्षणको केन्द्र र आम नेपाली समुदायले भरोसा गर्ने सँस्था बनाउने दावी गर्नु भयो ।
यस्तै अध्यक्ष पदका उम्मेदवार दिपेन्द्र गुरागाईको पनि अन्य उम्मेदवारको जस्तै धारणा थियो । सँस्थालाई सवल र सशक्त बनाउदै युवा सहभागिता बढाउने आफ्नो योजना रहेको तर निर्बाचन प्रयोजनको लागि मात्र सदस्य बनाउने परिपाटीलाई पूर्ण रुपमा निरुत्साहित गर्ने बताउनु भयो ।
अर्को उम्मेदवार रामकृष्ण यादबले गैरआवासीय नेपाली सँघलाई हाम्रो पनि राम्रो बनाउने रोडम्याप आफुसँग भएको दावी गर्नु भयो । यादबले पछिल्लो समय टेक्सासमा नेपाली समुदायको जनघनत्व बढ्दै गईरहेको सन्दर्भमा समन्वयात्मक रुपमा काम गर्नु पर्ने आबश्यकता रहेको बताउनु भयो । आफु पेशाले ईन्जिनियर भएकाले काममा बिश्वास गर्ने बताउदै यादबले आफुले भाषण भन्दा पनि कामबाट प्रमाणित गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
क्लबका केन्द्रीय सदस्य शँकर थापाको सन्चालनमा सम्पन्न सो साक्षात्कार कार्यक्रममा अध्यक्ष किशन रेग्मीले स्वागत गर्नु भएको थियो । कार्यक्रममा क्लबका महसचिब ओम आचार्यले साक्षात्कार कार्यक्रममा सहजिकरण गर्नु भएको थियो ।
टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...







