हाम्रो बारेमा
Monday, May 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

अमेरिकी अदालतबाट २८० नेपालीले पाए एसाइलम: ८ हजार मुद्दा विचाराधिन

Kishan Regmi by Kishan Regmi
May 8, 2024
in अमेरिका विशेष, समाचार
अमेरिकी अदालतबाट २८० नेपालीले पाए एसाइलम: ८ हजार मुद्दा विचाराधिन

चालु आर्थिक बर्ष २०२४ को ६ महिनामा अमेरिकी अध्यागमन अदालतबाट २८० जना नेपालीहरुको एसाइलम स्वीकृत भएको छ । गत अक्टोबरदेखि मार्चसम्मको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक अनुशार यो अवधिमा ३४५ जना नेपालीहरुको एसाइलमको मुद्दा अदालतबाट फैसला भएकोमा ६५ जनाको एसाइलम भने अस्वीकृत भएको छ ।

सुरुदेखि अहिलेसम्म अमेरिकी अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या ६ हजार ६ सय ५५ रहेको छ भने २२६७ जना नेपालीहरुको एसाइलम अदालतबाट अस्वीकृत भएको थियो । ९९ जना नेपालीहरुलाई भने अन्य प्रकारको राहत प्रदान गरिएको थियो ।

मार्चसम्मको तथ्यांक अनुशार अहिले अमेरिकाका अध्यागन अदालतमा नेपालीका विचाराधिन एसाइलमका मुद्दाको संख्या झण्डै ८ हजार ८३ रहेको छ । जसमध्ये ३ हजार मुद्दा न्युयोर्कका अदालतहरुमा विचाराधिन रहेका छन् । दोश्रोमा सान एन्टोनियोको अदालतमा १८९३ मुद्दा विचाराधिन रहेका छन् भने सान फ्रान्सिस्कोको अदालतमा १४५० मुद्दा विचाराधिन रहेका छन् ।

सिधै युएससीआईएसबाट लगभग एसाइलम पाउन छाडे नेपालीले

अमेरिकामा सिधै युएससीआईएसबाट नेपालीहरुले लगभग एसाइलम पाउन छाडेका छन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले युएससीआईएसबाट सिधै एसाइलम स्वीकृत हुने नेपालीको संख्या २०२२ मा जम्मा १३ जनामात्रै रहेको खुलासा गरेको छ । यो संख्या २४ बर्ष यताकै सबैभन्दा कम हो ।

नेपालमा माओवादी युद्ध समाप्त भएको १८ बर्ष भइसक्दापनि माओवादीका कारण नै नेपाल फर्कन खतरा रहेको भन्दै अहिलेपनि नेपालीहरुले अमेरिकामा शरणका लागि आवेदन दिने भएकाले उनीहरुको आवेदन युएससीआईएसबाट स्वीकृत हुन छाडेको हो ।

त्यो अगाडि आर्थिक बर्ष २०२१ मा १६ जना नेपालीहरुले युएससीआईएसबाट सिधा एसाइलम पाएका थिए भने आर्थिक बर्ष २०२० मा पनि युएससीआईएसबाट सिधै एसाइलम स्वीकृत हुने नेपालीहरु १६ जनामात्रै थिए । आर्थिक बर्ष २०१९ मा युएससीआईएसबाटै एसाइलम स्वीकृत हुने नेपालीहरु ३५ जना रहेका थिए ।

सन् २००० मा युससीआइएसबाटै एसाइलम पाउने नेपालीको संख्या १८ मात्र रहेको थियो भने सन् २००१ मा २१ रहेको थियो । त्यसपछि सन् २००२ मा ६९ जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम पाएका थिए । सन् २००२ मा माओवादी जनयुद्ध उत्कर्षमा पुगेको थियो भने मुलुकमा संकटकाल लागु भएको थियो ।

जनयुद्ध उत्कर्षमा पुग्दै गर्दा अमेरिकामा एसाइलम पाउने नेपालीहरुको संख्या पनि बढ्दै गयो । सन् २००३ मा युएससीआइएसबाटै एसाइलम पाउने नेपालीहरु १४२, सन् २००४ मा १६३, सन् २००५ मा २२८ र सन् २००६ मा २११ जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम पाए । सन् २००६ मा माओवादी शान्ति प्रकृयामा आएको थियो ।

सन् २००७ मा २८३, सन् २००८ मा ३४९ र सन् २००९ मा ५ सय जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम प्राप्त गरे । सन् २०१० मा ४०८ र सन् २०११ मा ४१५ जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम प्राप्त गरे । त्यसपछि सन् २०१२ मा ५८० जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम प्राप्त गरेका थिए ।

त्यसपछि भने युएससीआईएसबाटै एसाइलम प्राप्त गर्ने नेपालीहरुको संख्या घट्दै गयो । सन् २०१३ मा ४६८, सन् २०१४ मा २५७, सन् २०१५ मा ३५४, सन् २०१६ मा २३८, सन् २०१७ मा १४९, सन् २०१८ मा ९७ जना नेपालीहरुले युएससीआईएसबाट एसाइलम पाए ।

सन् २००० भन्दा अगाडि युएससीआईएसबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या निकै कम रहेको थियो । सन् १९९९ मा १३ जना, सन् १९९८ मा १७ जना, सन् १९९७ मा ३ जना र सन् १९९६ मा ४ जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम प्राप्त गरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

स्रोत: खसोखास डटकम

Share607SendTweet379

सम्बन्धित खवर

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

by Kishan Regmi
April 18, 2026
0
1.6k

अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता”...

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

by Kishan Regmi
April 14, 2026
0
1.6k

राम प्रसाद अधिकारी , टेक्सास Nepalese Society Texas (NST) को आयोजनामा “एनएसटी क्रिकेट कप २०२६” आयोजना हुने भएको छ। नेपाली...

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

by Kishan Regmi
April 13, 2026
0
1.6k

रामप्रसाद अधिकारी टेक्सास (अमेरिका): नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवसको अवसर पारेर बहुप्रतीक्षित ‘नेजा कन्क्लेभ २०२६’ आयोजना...

Next Post
पाल्पामा ब्लड बैंक स्थापनार्थ अमेरिकाबाट सतीश चापागाईले एक लाख रुपैया सहयोग गरे

पाल्पामा ब्लड बैंक स्थापनार्थ अमेरिकाबाट सतीश चापागाईले एक लाख रुपैया सहयोग गरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।