अर्जुन न्यौपाने , मे ११ टेक्सस
लुम्बिनी सेवा समाज अमेरिका तथा ब्लड डोनर्स अफ अमेरिकाको संयुक्त आयोजनमा टेक्ससको यूलेस स्थित नेपाली मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सत्ताईस जना रक्तदाताले रक्तदान गर्नुभएको लुम्बिनी सेवा समाजका अध्यक्ष जगदिश न्यौपानेले जानकारी दिनु भयो ।
हरेक वर्ष वर्षको दुई पटक रक्तदान गर्ने यस समाजले गत डिसेम्बर महिनामा पनि रक्तदान कार्यक्रम गरेको थियो । आजको रक्तदान कार्यक्रममा नारायण श्रेष्ठ,उमेश फूयाल,मीना घिमिरे,शुशिला न्यौपाने, शीखा मल्ल,बिनोद दाहाल,मुना खरेल, सन्दिप पौडेल,लक्ष्मण पौडेल,पुष्कर बन्जाडे,मधु नेपाल,दीपक पोख्रेल, चाँदनी कार्ग, ठाकुर रेग्मी, प्रविन खनाल, जीवन वाग्ले, अच्युत प्रसाईं, दील, अधिकारी वाल्टन विलिगंजेस्ली , जीवलाल भुसाल ,चण्डि भण्डारी ,दीपक खरेल ,लीला श्रेष्ठ, मेलिना शंकर,कृष्ण क्षेत्री, झबिन्द्र खनाल र भरत सोनारले रक्तदान गर्नु भएको थियो ।
नेपालीहरुमाँझ विविध सेवामूलक कार्यक्रम गर्दै आएको लुम्बिनी सेवा समाजले चाडपर्व र नयाँ वर्ष तथा समय सन्दर्भ अनुसार विविध सेवा मूलक कार्यक्रमहरु गर्दै आईरहेको छ ।







