हाम्रो बारेमा
Saturday, October 3, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home मनोरञ्जन

टोरेन्टोमा ‘गोपाल योञ्जन स्मृति साँझ’ हुँदै

Kishan Regmi by Kishan Regmi
May 12, 2024
in मनोरञ्जन, समाचार
टोरेन्टोमा ‘गोपाल योञ्जन स्मृति साँझ’ हुँदै


बिजय अधिकारी \ क्यानडा, १२ मे

नेपाली साँगितिक आकाशका कालजयि नक्षत्र बरिष्ठ संगीतकार गोपाल योञ्जनको सम्झनामा क्यानडाको टोरेन्टोमा साँगितिक साँझको आयोजना हुने भएको छ । स्व. योञ्जनले नेपाली साँगीतिक क्षेत्रमा पुर्याएको अतुलनिय योगदानको उच्च कदर सहित यहि मे १८ तारिक शनिवार साँझ २७ औं स्मृति सहमारोह विषेश गोपाल योञ्जन स्मृति साँझ नामक कार्यक्रमको आयोजना हुने भएको हो ।

स्थानिय नेपाली कलाकारहरुसंगको सहकार्यमा द हिमालयन भ्वाईस व्याण्डले आयोजना गर्न लागेको यस कार्यक्रममा स्व. योञ्जनद्वारा स्वर तथा संगीतवद्ध गीतहरुको प्रस्तुति सहित, व्यक्तिगत र साँगीतिक पृष्ठभूमि परिचय, नेपाली साँगीतिक क्षेत्रलाई शिर्ष स्थानमा उभ्याउनका निम्ति उनको योगदान लगायतका उनि संवद्ध साँगीतिक गतिविधीमाथी प्रकास पारिने छ ।

कार्यक्रमका संयोजक मोहन थापाका अनुसार नेपाली कला, साहित्य, संस्कृति र गीतसंगीतको संरक्षण र प्रवद्धन गर्दै प्रवासमा बसोबास गर्ने नेपालीमाझ नेपाली मौलिक कला तथा कलाकारको विस्तार गर्ने उद्येश्यका साथ आयोजना हुन लागेको यस मनोरञ्जनात्मक कार्यक्रमले दिवंगत अग्रज स्रष्टा र प्रवासी नयाँ पुस्तालाई समेत जोड्ने वातावरणको सृजना हुने देखिन्छ ।यसअघि पनि स्वरसम्राट नारायण गोपाल को सम्झनामा “नारायणगोपाल सांगीतिक साँझ“ को आयोजना गरेका थापाले गोपाल योञ्जन साँगीतिक साँझले पनि प्रवासमा बसेर नेपाली संगीतको संरक्षण, प्रबर्द्धन र विस्तारमा लाग्न खोज्ने सम्पूर्ण संगीतप्रेमी श्रोतालाइ समेट्ने अपेक्षा व्यक्त गरेका छन् ।

त्यस्तै कार्यक्रमका संयोजक समिति सदस्य एवं टोरोन्टो क्षेत्रका सामाजिक अभियन्ता रविन्द्र घिमिरेका अनुसार मातृभूमि नेपालबाट टाढा रहेको प्रवासी समुदायमा आयोजना हुने यस प्रकारका कार्यक्रमले नेपाली कला संस्कृति अन्तराष्ट्रिय स्तरमा संरक्षण र सम्बर्द्धन गर्नुका साथै नेपाली कला संस्कृतिलाई जोगाइ राख्नमा मद्यत पुर्याउँदछ । क्यानडामा रहेर पनि नेपाली कला संस्कृतिको संरक्षणमा प्रवद्धनात्मक भूमिका निर्वाह गर्दै आएका घिमिरेले नेपाली संगीतका मुर्धन्य श्रष्टा तथा सृजनालाई सदैव जिवन्त तुल्याउनका लागि पनि यस प्रकारका कार्यक्रम आयोजना हुनुपर्ने बताएका छन् ।

कार्यक्रमका व्यवस्थापन समिती सदस्य बसन्त थापाले कार्यक्रमको सफलताका लागि हौसला सहितको साथ दिंदै आएका क्यानाडामा रहेका नेपाली संघसंस्था र यहाँका नेपाली समुदायलाई धन्यवाद व्यक्त गरेका छन् । यस अघिका कार्यक्रमहरुमा देखिंदै आएको साथ र सहभागितालाई स्मरण गर्दै थापाले आगामी दिनहरुमा पनि निश्चित समयवधीहरुमा सोही प्रकारका सांगीतिक साँझ एवं संस्कृति संवद्ध कार्यक्रम गर्ने उदेश्य रहेको पनि जानकारी दिएका छन् ।

त्यस्तै क्यानडामा नेपाली वाध्यबादनहरुको प्रबर्द्धनमा लामो समय देखि योगदान पुर्याउँदै आएका सानुराजा महर्जनले पनि पनि यस्ता कार्यक्रमहरुले नेपाली ब्यान्डहरुको स्तरउन्नति हुनेमा विश्वास व्यक्त गरेका छन् । नेपाली संस्कृतिको संरक्षणमा निरन्तर क्रियाशिल महर्जनले यस्ता कार्यक्रम आयोजना हुनुले नेपाली मौलिकता, संस्कृति र परम्परा संसारको जुनसुकै ठाउमा बसेपनि नेपाली समुदायका लागी सदैव जिवन्त रहनमा मद्यत पुग्ने तथा आपसी भाईचारा र आफ्नोपन कायम रहँदा सम्म मौलिक संस्कार र संस्कृति बाह्य कुराले विस्थापित नहुने विश्वास व्यक्त गरेका छन् ।

सन् १९४३ मा भारतको दार्जिलिङमा जन्मिएर निरन्तर नेपाली गीत संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका अजर श्रष्टा योन्जनका “बनेको छ पहराले यो छाती मेरो”, “देश ले रगत मागे”, “मखमली चोलो चाहिदैन”, “मेरो टोपी”, जस्ता रास्ट्रप्रेमले ओतप्रोत गीतहरु, त्यसैगरी “यति चोखो येति मिठो दिउँला तिमीलाई माया”, “गल्ति हजार हुन्छन”, च्याङ्बा होइ च्याङ्बा”, “छाती मा मेरो”, जस्ता थुप्रै कालजयीगीत हरु बहुचर्चित छन।

Share650SendTweet407

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

by Kishan Regmi
September 7, 2026
0
1.5k

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘काले तल तल भो’ सार्वजनिक भएको छ। गायक सञ्जु न्यौपानेको स्वरमा रहेको यस...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

Next Post
न्यूयोर्कमा निधन भएका मल्लको पेन्सेलभेनियामा दाह संस्कार

न्यूयोर्कमा निधन भएका मल्लको पेन्सेलभेनियामा दाह संस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।