लुम्बिनी सेवा समाज अमेरिकाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी सेवा समाज अमेरिकाले हरेक ६ महिनामा आयोजना गर्दै आएको रक्तदान कार्यक्रम अन्तरगत शनिवार टेक्सासको युलेशमा रक्तदान कार्यक्रम गरिएको हो ।
ब्लड डोनर्स अफ अमेरिका संगको सहकार्यमा युलेश स्थित नेपाली मन्दिर परिसरमा आयोजित रक्तदान कार्यक्रममा ड्यालस फोर्टवर्थ क्षेत्रका २५ जना रक्तदाताले रक्तदान गरेका छन ।
यस विषयमा जानकारी दिंदै समाजका अध्यक्ष जगदिश प्रसाद न्यौपानेले सामाजिक सन्जाल मार्फत रक्तदान कार्यक्रममा सहभागि रक्तदाता, स्वयंसेवक लगायत सबैमा धन्यवाद व्यक्त गरेका छन् ।










