सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका अमेरिकी नागरिक रिचार्ड स्लेमनको मृत्यु भएको छ । अमेरिकाको मासाचुसेट्स जनरल अस्पतालमा सुँगुरको मिर्गौला आनुवांशिक परिमार्जन गरी प्रत्यारोपण गरिएका ६२ वर्षीय स्लेमनको शनिबार मृत्यु भएको हो ।
गत मार्चमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरेपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । सन् २०१८ मा पहिलो पटक मृगौला प्रत्यारोपण गरेका स्लेमनको मृगौलामा खरावी भएपछि गत मार्चमा उनलाई सुँगुरको मृगौला प्रत्यारोपण गरिएको थियो ।
सुँगुरको मिर्गौला प्रत्यरोपण गरेर बाँच्ने उनी पहिलो व्यक्ति रहेको समाचार संस्था एसोशियटेड प्रेसले उल्लेख गरिएको भएपनि सो रेकर्ड उनको मृत्युसंगै तोडिएको छ ।
उनको मृत्युपछि अस्पतालले सुँगुरकै मृगौला प्रत्यारोपण गरेर मृत्यु भएको हो या अन्य कारणले मृत्यु भएको हो भन्ने पुष्टि नभएको जानकारी दिएको अस्पतालले जेनोट्रान्सप्लान्टका लागि राजी भएकोमा स्लेमन र उनका परिवारप्रति धन्यवाद ज्ञापन गरेको छ भने स्लेमनको परिवारले पनि पहिले नै मृत्यु भै सक्ने अवस्थामा ७ हप्ता थप जीवित राख्न मद्यत गरेको भन्दै विज्ञप्ति सहित डाक्टरहरूप्रति आभार प्रकट गरेको छ ।







