राष्ट्रियसभा बैठक स्थगित भएको छ । शुक्रबार बसेको बैठक सुरु भए लगत्तै कांग्रेस सांसदहरुको अवरोधका कारण स्थगित भएको हो ।
आज स्थागित भएको बैठक जेठ छ गते १ बजेर १५ मिनेटमा बस्ने उल्लेख गरिएको छ ।
पछिल्लो समय सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेस नेताहरुलाई आज साँझ ६ बजे प्रधान मन्त्री पुष्प कमल दाहाल प्रचण्डले छलफलका लागि बोलाएका छन् । काँग्रेस महामन्त्री गगन थापाले छलफलमा आफुहरु सहभागि हुने बताएका छन् ।
काँग्रेसको उक्त मागमा राप्रपा, जसपा नेपाल, लोसपा लगायत दलले पनि समर्थन जनाएका छन्।