हाम्रो बारेमा
Sunday, September 20, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

धार्मिक व्यक्तिबाट भागवत गीता प्रवचन कार्यक्रम

Kishan Regmi by Kishan Regmi
May 22, 2024
in अमेरिका विशेष, रिपोर्टर्स खोज
धार्मिक व्यक्तिबाट भागवत गीता प्रवचन कार्यक्रम

अर्जुन न्यौपाने टेक्सस मे २१
नेपाली जनमानसमा आफ्नो देशबाट यूरोप अष्ट्रेलिया र अमेरिका जस्ता देशहरुमा गई घरजम गरेर बस्ने नेपालीहरुले धर्म कर्म रिती रिवाज जस्ता कुराहरुमा त्यति महत्व दिंदैनन् भन्ने जनगुनासो बेला बेलामा सुन्न पाईन्छ । विदेशी भूमिमा जीवन व्यतित गर्ने केहि नेपालीहरुले आफ्नो धर्म संस्कृतिलाई वेवास्ता गर्ने र चाडपर्वलाई महत्व नदिने भएका कारण यस्ता गुनासा सुन्ने गरिन्छ । तर यस्ता गुनासाका बाबजुत केहि नेपाली परिवारहरु छन् जसले आफ्नो धर्म संस्कृति र चाडपर्वलाई नेपालमै जस्तै महत्व दिएर आफ्नो अस्तित्वलाई संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नुपर्छ भन्ने अभियानमा लागि रहेका छन् । यस्तै मध्येका एक हिन्दू धर्मका अभियान्ता हुनुहुन्छ डोलराज पाण्डे, जसले समय सन्दर्व र पर्व अनुसार धार्मिक कार्यक्रमका अभियानहरु नेपाल र अमेरिकामा गर्दै आउनु भएको छ ।’आध्यात्मिक भक्तिभावले नै आत्मसन्तुष्टी दिन सक्छ ‘ भन्ने विस्वास र हजुरबुवा रामकृष्ण पाण्डेको धार्मिक उत्प्रेरणाबाट आँफू यस क्षेत्रमा लागेको पाण्डे बताउनुहुन्छ ।दुई छोरा र एक छोरी रहेका पाण्डेले सानैदेखि गीत संगीतमा रूचि राख्दै केहि साँगितिक एल्बम समेत निकाल्नु भएको छ । पढाईमा सधै अब्बल र किताबका विषवस्तुलाई दुरुस्त मानसपटलमा सुरक्षित गर्ने पाण्डेले मेडिकल स्वास्थ्य विषयको अध्ययन गरी नेपालमा १५ वर्ष भन्दा वढी सरकारी स्वास्थ्य विभागमा अहेवबाट प्रमोशन भई एच ए मा रहेर सेवा गर्नुभएको थियो ।

दुई दशक भन्दा बढी अमेरिकामा रहेर विभिन्न व्यवसाय संचालन गर्दै आउनु भएका पाण्डेले नेपाल र अमेरिकामै प्रशस्तै यज्ञ पूजा पाठका कार्यक्रमहरु सम्पन्न गरिसक्नु भएको छ । आफ्नो जन्मभूमि कालिगण्डकी गाँउ पालिका १ हर्मिचौर गुल्मीमा २०७० सालमा विशाल महायज्ञ गरी स्यागंजा पर्वत र गुल्मीको संगमस्थल सेतिवेणीमा अवस्थित श्री शीला शालिग्रामलाई हेलिकप्टरद्वारा पंचामृत स्नान गराउनु भएको थियो । २०६७ तथा २०७२ सालमा कालिगण्डकी जलविधुत परियोजनाको ड्याम रेप्का साईडमा वृन्दावन एवम् विष्णुधाममा राधा कृष्ण मन्दिरको स्थापना समेत पाण्डेले गर्नुभएको थियो । गुल्मीको प्रसिद्ध तीर्थस्थल हिले मन्दिरको व्यवस्थापनका लागि पनि आवश्यक सहयोग पाण्डेले गरेको जानकारी गराउनु भयो ।


हाल अमेरिकाको टेक्सस राज्यको डालस फोर्थ वर्थ ह्यसलेटमा एप्रिल २५ देखि जुन २८ सम्म ७२ दिनको शुक्र अस्त भरि भागवत् गीता प्रवचन कार्यक्रम पाण्डेले चलाईरहनु भएको छ । कार्यक्रममा गुरु चन्द्रकान्त शास्त्रीले प्रवचन तथा बीमला वलीले भक्तजनहरुलाई भजन संगित दिईरहनु भएको पाण्डे श्रीमती छाँया कुमारी पाण्डेले जानकारी दिनुभयो । प्रवचन तथा भजन संगितमा सहभागी हुनका लागि आफ्नो समय अनुकूल मिलाई यस क्षेत्रमा बसोबास गर्ने सबै हिन्दू धर्मावलम्बीहरुलाई पाण्डेले आह्वान गर्नुभएको छ । प्रत्येक दिन हुने प्रवचन र विशेष गरेर आईतबार हुने भक्ति भजनमा सयौं श्रद्धालु भक्तजनहरुको आगमन हुने रिपोर्टस् क्लव अमेरिकाका प्रतिनिधिलाई पाण्डेले जानकारी दिनुभयो । पाल्पा रामपुर निवासी आध्यात्मिक गुरु टंकनाथ अर्यालले अमेरिकामा आएर पनि यसरी भागवत गीता श्रवण र भजन संगितमा संलग्न हुन पाँउदा साह्रै खुशी लागेको र सामाजिक व्यक्तित्व डोलराज पाण्डे यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई एकजुट गराई आध्यात्मिक बानीको विकास गराएकोमा पाण्डेलाई धन्यवाद व्यक्त गर्नुभयो ।

Share619SendTweet387

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
एनआरएनए अमेरिकाका शिर्ष पदाधिकारी संयुक्त बहसमा

एनआरएनए अमेरिकाका शिर्ष पदाधिकारी संयुक्त बहसमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।