हाम्रो बारेमा
Monday, August 3, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

ओएनएफ साधारण सभा सम्पन्न: ७ बुँदे लस एन्जलस घोषणा पत्र जारी

Reporterclub America by Reporterclub America
May 27, 2024
in अमेरिका विशेष, समाचार
ओएनएफ साधारण सभा सम्पन्न: ७ बुँदे लस एन्जलस घोषणा पत्र जारी


प्रवासी नेपाली मञ्च अमेरिका ओएनएफको दोस्रो साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । “सबल प्रवासी सम्बृद्ध नेपाल, सुखी नेपाली” भन्ने मूल नाराका साथ मञ्चको दोस्रो साधारण सभा मे २६ तारिकका दिन क्यालिफोर्नियाको लस एन्जलसमा सम्पन्न भएको हो ।

कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, नेपाल सरकारका महावाणिज्यदूत ऋषि ढकाल, अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य एवं अमेरिका महादेश इन्चार्ज प्रभु थापा, महादेश संयोजक ईश्वरी भट्ट, एनआरएनए अमेरिका उपाध्यक्ष नेत्र पाण्डे, एनआरएनए सचिव दिपक सापकोटा, ज्ञानेन्द्र गुरुङ, जनसंपर्क समिती अमेरिकाका प्रतिनिधि रामचन्द्र लामिछाने, पशुपतिनाथ फाउन्डेसनका एल ए का अध्यक्ष रामेश्वर भण्डारी, प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटी सल्लाहकार, सफल व्यवसायी यमुना भट्टराई साथै पेपर प्रस्तुति गर्ने इन्जिनियर कुलमणि आचार्य, राजेन्द्र शिवाकोटी, यमुना भट्टराई, डा. निर्मल पौड्याल विशेष अतिथिका रुपमा सहभागी रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व परराष्ट्र मन्त्री ज्ञवालीले बर्तमान अवस्थामा नेपाल निकै गहिरो मन्दीको चक्रमा परेकाले नेपालमा रहेका प्राकृतिक स्रोतहरूबाट देश विकासको पूर्वाधार बनाउनु पर्ने तर्फ जोड दिएका थिए भने देश विकासको भावि योजनाका प्रस्तुत गर्दै, अवको २५ वर्षमा नेपाललाई संसारको शिर्ष ५० देशको सूचीमा पुर्याउने दावि समेत गरेका छन् ।

बिदेशबाट भोट गर्नका लागी बिदेश बाट नै मतदाता नामावलीमा नाम लेख्ने बारेमा समेत सल्लाह अगाडी बढेको जानकारी गराएका उनले देशको आर्थिक विकासमा सबैसँग हातेमालो गर्ने नेकपा एमालेको नीति रहेको भन्दै आपसी एकताको लागि अनुरोध गरेका छन् । ओएनएफ अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षतामा सम्पन्न साधारण सभामा मञ्चले सभा सफल बनाउन आर्थिक सहयोग गर्ने दाताहरुलाई बिशेष धन्यवाद सहित कदर पत्र समेत प्रदान गरेको सभाले सात बुँदे लस एन्जलस घोषणा पत्र जारी गरेको छ ।

प्रवासी नेपाली मञ्च (ओएनएफ)द्वारा जारी लस एन्जलस घोषणा पत्र

१. कुनै पनि सङठनको मेरुदण्ड भनेको यसको सदस्यहरु भएको हुदा आगामी वर्ष हुने ओएनएफ को चौथो अधिवेशन सम्ममा कम्तिमा १,००० पुर्याउने र सम्भव भए सम्मका राज्यहरुमा थप राज्य कमिटि निर्माण गरि सवै राज्य कमिटिहरुलाई अझ चलायमान गराउने ।

२। प्रवासी नेपालीहरूले आर्जन गरेको सीप, ज्ञान र दक्षतालाई नेपालको विकास र समृध्दिसँग जोड्न नेपालमा रहेका शैक्षिक संस्था, सरकारी निकाय र गैरसरकारी संस्थासँग समन्वय र सहकार्य गर्ने ।

३. अमेरिकाको नेपाली समुदायलाई आर्थिक, शैक्षिक, सीपमूलक,तथा सामाजिक क्षेत्रमा लाग्न प्रेरित, समन्वय र सहयोग गर्न सम्बन्धित सबैलाई आह्वान गर्दछ र ओएनएफका सवै साथीहरुलाई ब्यबसायिक गतिविधिमा प्रोत्साहन गर्ने ।

४। ओएनएफ संग युवा विद्यर्थीहरु लाई जोड्नको निमित्त एजिएमको अवसरमा हरेक वर्ष कम्तिमा ५ जना विभिन्न बिधाका अब्बल विद्यार्थीहरूलाई प्रोत्साहन गरी उनीहरुलाई ओएनएफ सँग जोड्न शैक्षिक सहयोग (छात्रवृति प्रदान गर्ने ।

५. सवल प्रवासी, समृध्द नेपाल सुखी नेपालीको ” नारालाई सार्थक बनाउन नेपालको मूलधारका राजनीतिक पार्टीहरूले राष्ट्रियता, सशासन र भ्रष्टाचार विरोधी अभियानलाई तीव्रताका साथ अगाडि बढाउन आह्वान गर्दछ ।

६. हालसालै पारित गरिएको गैरआवासीय नागरिकता ऐन बाट प्राप्त गरियको गैराअवसिय नेपाली नागरिकता ले राजनीतिक बाहेक सम्पूर्ण आधिकार दिने भनिए पनि अन्य कानुनी जटिलता आएको हुदा त्यस कुरा लाई समाधान गर्न ओएनएफ आइसी ले अन्य संगठनहरुसंग पनि सहकार्य गरि तुरुन्त पहल गर्नको लागि अनुरोध गर्दछ ।

७, नेपालको संविधान २०७२ मा सार्क राष्ट्र वाहेकका मुलुकमा वस्ने र उक्त मुलुकको नागरिकता प्राप्त गरेकाहरुलाई आर्थिक, सामाजिक र सास्कृतिक अधिकार सहितको गैर आवसिय नेपाली नागरिकता प्रदान गर्न सकिन्छ भन्ने उल्लेख गरिएकामा उक्त नागरिकतावाट प्रवासी नेपालीहरुको अधिकार संकृचित गरिएको, सम्पति माथिको पुर्ण अधिकार र नेपाल प्रवेश गर्दा भिषा समेत पनि नलगाई प्रवेश गर्ने नसकिने हुनाले यो अधिवेशको हल नेपाली नागरिकताको निरन्तरताको जोडदार माग गर्दछ ।

Share608SendTweet380

सम्बन्धित खवर

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.5k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

Next Post
भर्जिनियाको संसदका लागि एड्रियन पोखरेलको उमेद्वारी

भर्जिनियाको संसदका लागि एड्रियन पोखरेलको उमेद्वारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।