नेपालमा छायाङ्कन भएको ‘द टाइगर्स नेस्ट’ को प्रदर्शनसँगै किम्फ महोत्सव काठमाडौंमा बुधबारबाट सुरु भएको छ । नेपालमा छायाँकन भएको इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’को एसिया प्रिमियर गर्दै २१ औँ काठमाण्डौ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सुरु भएको छ ।
। मान्छे र जनावरको भावनात्मक सम्बन्धको कथा चित्रण गरिएको चलचित्र ‘द टाइगर्स नेस्ट’ एक किशोर र बाघको डमरुबीचको आत्मीय सम्बन्धको कथा हो । अधिकांश भाग नेपालमा छायांकन गरिएको १ घण्टा ३४ मिनेट लामो यस चलचित्रमा भूकम्पमा आमा गुमाएपछि अनाथ आश्रममा बसिरहेका किशोरले सिकारीबाट उद्दार गरेको बाघको बच्चालाई बचाउन गरेको संघर्षको कथालाई कलात्मक रुपमा चित्रण गरिएको छ ।
नेपालको हिमाली क्षेत्रलाई अति आकर्षक रुपमा चित्रित गरिएको चलचित्रका विषयमा निर्देशक ब्रान्डो क्विलिची दिएको अभिव्यक्तीलाई पनि नेपालीहरुले गर्वको रुपमा हेरेका छन् , निर्देशक पोर्टरले भनेका छन् ‘मानव सभ्यतामा हिमाली पर्वतमालाको ठूलो प्रभाव रहेको छ ।’
राष्ट्रिय सभा गृह र नेपाल पर्यटन बोर्डमा आयोजना भइरहेको महोत्सवमा यस चलचित्रलाई लिएर सबै भन्दा ज्यादा उत्सुकता देखिएको छ । किनकी यस चलचित्रमा नेपाली कलाकारहरु लुनिभा तुलाधर, भूमिका चौधरीलगायतको समेत अभिनय रहेको छ।
२२ देशका ६० भन्दा बढी चलचित्रको प्रदर्शन हुने किम्फ महोत्सव जेठ २० गतेसम्म चल्नेछ ।