आइसिसी टी २० विश्वकपमा नेपालले मङ्गलवार जुन ४ मा अमेरिकाको टेक्ससमा नेदरल्याण्डससँग पहिलो खेल खेल्दै छ । १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएर खेल्न लागेको नेपाली क्रिकेटको सम्मान र खेलाडीको हौसलाका लागि प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्दमा क्रिकेट गीत सार्वजनिक भएको छ ।
नेपाली क्रिकेट जिन्दाबाद नेपाली खेलाडी धन्यवाद बोलको गीतमा प्रसिद्ध सङ्गीत संयोजक समेत रहेका गायक तथा सङ्गीतकार साहस शाक्यको स्वर, सङ्गीत, सङ्गीत संयोजन र मिक्सीङ रहेको छ । गीतमा डिएभी स्कुलमा कक्षा ४ मा अध्ययनरत ९ वर्षकी बाल गायिका सुदेश्ना शाक्यले मंगलोच्चारण सहित स्वर दिएकी छन् ।
गीतमा आवाजको दुनियाँको साथी दिनेश डिसीको भिओ स्वर रहेको छ । गीत शाक्यको आफ्नै आधिकारिक च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको प्रस्तुत कर्ता सुदेश्ना इन्टरटेनमेन्ट प्रा ली रहेको छ ।







