नेदरल्याण्डको टिमले जित्यो टस केही बेरमा खेल सुरु हुने
खेल समय भन्दा केही बेर ढिला सुरु हुँदै गरेको आजको टि २० विश्वकपको खेलमा नेपालले टस हारेको छ । टस जितेसंगै नेदरल्याण्डले बलिङको सुरुवाती मौका पाएको छ भने नेपाल व्याटिङ तर्फ अघि बढ्दैछ ।
बर्षातको कारण टेक्सासको ग्रान्ड प्रियरी मैदान खेल्न योग्य नभएपछि खेल केही बेर ढिला भएको हो । पानी सुकाउनका लागि समय सिमा थप गर्नुपरेपछि खेल केहीबेर पर सरेको हो ।
नेपालको पहिलो खेल नै टेक्सासबाट हुने भएपछि सर्व बाहुल्य नेपाली राज्य टेक्सासका नेपाली समुदायका लागि यो खेल उत्सवका रुपमा देखिएको छ । त्यसैले पनि यस खेलमा नेपालीहरुको संख्यात्मक सहभागिता उत्साहजनक छ ।
टी-२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् । विश्वकपमा नेपालले पहिलो खेल जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा श्रीलंकासँग, जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।