नेपालका चर्चित वक्ता तथा रास्वपा सह प्रवक्ता रमेश प्रसाई दम्पत्ती अनाथ बालबालिकाको सहयोगार्थ अमेरिकाको टेक्सासका आयोजित कार्यक्रममा सहभागी भएका छन् । ईनर भिजनद्वारा आयोजित बालबालिका लक्षित च्यारिटेवल कार्यक्रमका लागि प्रसाई र उनकी श्रीमती नन्दा प्रसाई टेक्सास आएका हुन् ।
नेपाली समाज टेक्साससंगको सहकार्यमा युलेश स्थित नेपाली मन्दिरमा आयोजित कार्यक्रममा वक्ता प्रसाई र उनकी श्रीमती नन्दाले ईनर भिजन नेपालको उदेश्य, आवश्यकता, अवस्था र चुनौतीमाथी प्रकास पारेका थिए ।
बालबालिकाको सहयोगार्थ फण्ड रेईजिङ्ग यस कार्यक्रम जुन ९ तारिक शनिबार बिहान १० बजेबाट सुरु भएको थियो ।
नेपाली समाज टेक्सास लगायत समाज संवद्ध व्यक्तीहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रमबाट दाताहरुबाट रकम संकलन भएको छ । संकलित रकम खाँचोमा परेका बालबालिकाको सेवामा खर्च गरिने छ ।

खाँचोमा परेका मानिसहरूको सेवा गरेर आत्म–सन्तुष्टि प्राप्त गर्न सकिन्छ“ भन्ने विश्वासका साथ स्थापित इनर भिजन नेपाल आफ्नो जन्मदेखि नै आमाबाबुबाट वञ्चित बालबालिकाहरूलाई मद्दत गर्न विशेष रूपमा समर्पित छ। प्रारम्भिक चरणमा चार जना बालबालिका लिएर संचालन आरम्भ गरिएको इनर भिजन नेपालको बाल गृहमा बालबालिकाको संख्या बृद्धी हुँदै गहिरहेको छ । तर बालगृह संचालनका लागि आवश्यक रकम अभावका कारण समस्यामा रहेका थप बालबालिकाको उचित सेवामा समस्या देखिदैं आएको छ । जसका लागि ईनर नेपालले टेक्सासमा रकम संकलन सहितको कार्यक्रम राखेको हो ।
नेपाली समाज टेक्सास लगायत समाज संवद्ध व्यक्तीहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रमबाट दाताहरुबाट रकम संकलन भएको छ ।








