हाम्रो बारेमा
Sunday, September 20, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

रास्वपा सह-प्रवक्ता प्रसाईसंग टेक्सासमा पत्रकार भेटघाट सहितको साक्षात्कार

Reporterclub America by Reporterclub America
June 10, 2024
in अमेरिका विशेष, रिपोर्टर्स खोज, समाचार
रास्वपा सह-प्रवक्ता प्रसाईसंग टेक्सासमा पत्रकार भेटघाट सहितको साक्षात्कार



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सह प्रवक्ता रमेश प्रसाई र अमेरिकाको टेक्सासमा रहेका नेपाली पत्रकारहरुविच साक्षात्कार भएको छ । अमेरिकामा स्थापित नेपाली संचारकर्मीको साझा संस्था रिपोर्टर्स क्लब अमेरिकाद्वारा आयोजित साक्षात्कार कार्यक्रममा प्रमुख अतिथीका रुपमा सहभागी रास्वपा सह प्रवक्ता प्रसाई र टेक्सासमा रहेका नेपाली पत्रकारहरु विच भेटघाट सहितको साक्षात्कार कार्यक्रम सम्पन्न भएको हो ।


टेक्सासको युलेश स्थित मन्त्र रेस्टुरेन्टमा आयोजित कार्यक्रममा प्रमुख अतिथी प्रसाईले उनको अमेरिका यात्रा र समसामयिक राजनितिक अवस्था सम्बन्धमा पत्रकारले राखेका जिज्ञासाहरुमाथी जवाफ मार्फत प्रकाश पारेका थिए । पार्टी सभापती रवि लामिछानेमाथिका आरोपको खण्डन गर्दै प्रसाईले यस विषयमा संचारगृह र संचारकर्मी स्वयं पनि पारदर्शी हुनु पर्ने धारणा व्यक्त गरेका छन् ।
रिपोर्टर्स क्लब अमेरिकाका अध्यक्ष संचारकर्मी किशन रेग्मीको सहजिकरणमा सम्पन्न कार्यक्रममा प्रसाईले अमेरिका लगायत प्रवासमा रहेका नेपाली तथा उनिहरुका सन्तानले राजनितिक बाहेकका सबै अधिकार मातृभूमिमा पाउनु पर्ने व्यवस्थाका लागि रास्वपा गम्भिर रहेको बताएका छन् ।

प्रखर वक्ताका रुपमा नेपाली संचारकर्म हुँदै राजनितिमा प्रवेश गरेका प्रसाईले पत्रकारहरुसंग आफ्ना संचारकर्म र राजनितिक यात्राका बारेमा संक्षिप्त अनुभव साटेका थिए । उनको यस पटकको आफ्नो अमेरिका यात्रा विशुद्ध सामाजिक कार्यका लागि भएको बताएपनि रास्वपा राजनितिमा शिर्ष पदिय हैसियत राख्ने प्रसाईको यस भ्रमणलाई अमेरिकाका रहेका अधिकांश नेपालीले राजनितिक दृष्टिकोणले नै हेरेका छन् । साक्षात्कार कार्यक्रममा पनि उनको सामाजिक अभियान भन्दा ज्यादा जिज्ञासा राजनितिक धारणामा केन्द्रित देखिन्थ्यो । साक्षात्कार कार्यक्रममा टेक्सास क्षेत्रका नेपाली संचारकर्मी तथा सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो ।

श्रीमती नन्दा सिंह ठकुरी सहित केही दिन पहिले अमेरिका आएका प्रसाई नेपालका अनाथ बालबालिकाको सहयोगार्थ फण्ड रेईजिङ्ग कार्यक्रम लिएर अमेरिका आएका हुन् । प्रसाई पत्नी नन्दा संचालक रहेको ईनर भिजन नेपालको कार्यक्रमका लागि रकम संकलनमा सहयोग गर्न अमेरिका आएका प्रसाई दम्पत्तीले शनिबार विहान टेक्सासको युलेश स्थित नेपाली मन्दिरमा फण्ड रेईजिङ्ग कार्यक्रम समेत सम्पन्न गरेका छन् । जसमा बालबालिका लागि रकम संकलन भएको छ ।

ईनर भिजनद्वारा आयोजित बालबालिका लक्षित च्यारिटेवल कार्यक्रमका लागि आएका प्रसाई र उनकी श्रीमती नन्दाले ईनर भिजन नेपालको उदेश्य, आवश्यकता, अवस्था र चुनौतीमाथी प्रकास पारेका थिए ।

नेपाली समाज टेक्सास लगायत समाज संवद्ध व्यक्तीहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रमबाट दाताहरुबाट रकम संकलन भएको छ । प्रसाईका अनुसार संकलित रकम खाँचोमा परेका बालबालिकाको सेवामा खर्च गरिने छ । खाँचोमा परेका मानिसहरूको सेवा गरेर आत्म–सन्तुष्टि प्राप्त गर्न सकिन्छ“ भन्ने विश्वासका साथ स्थापित इनर भिजन नेपाल आफ्नो जन्मदेखि नै आमाबाबुबाट वञ्चित बालबालिकाहरूलाई मद्दत गर्न विशेष रूपमा समर्पित छ। प्रारम्भिक चरणमा चार जना बालबालिका लिएर संचालन आरम्भ गरिएको इनर भिजन नेपालको बाल गृहमा बालबालिकाको संख्या बृद्धी हुँदै गहिरहेको छ । तर बालगृह संचालनका लागि आवश्यक रकम अभावका कारण समस्यामा रहेका थप बालबालिकाको उचित सेवामा समस्या देखिदैं आएको छ । जसका लागि ईनर भिजन नेपालले टेक्सासमा रकम संकलन सहितको कार्यक्रम राखेको हो ।

Share619SendTweet387

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
डेभलपमेन्ट फर पिस इन्टरनेसनलको सवैमा अनुरोध

डेभलपमेन्ट फर पिस इन्टरनेसनलको सवैमा अनुरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।